9.7 C
New York
Thursday, January 15, 2026

Buy now

spot_img
spot_img

स्थानीय विकासमा सञ्चारको भूमिका

- Advertisement -

बर्दघाट ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला को आयोजनामा स्थानीय विकासमा सञ्चारको भूमिका विषयक कार्यक्रम सुस्ताको नौडिहवामा बुधबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासीका शाखाका सभापति केशव पराजुलीको अध्यक्षता तथा सुस्ता गाउँ पालिकाका अध्यक्ष टेकनारायण उपाध्यायकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा
  प्रमुख अतिथि अध्यक्ष उपाध्यायले बाेल्दै, सुस्ता गाउँ पालिकाको विकास र समृद्धिका लागि सञ्चार जगतले खेलेको भूमिका प्रशंसनिय रहेको धारणा राख्दै, पालिकाले शिक्षा क्षेत्रको विकासमा लगानी  गरेको बताउदै, सामुदायिक विद्यालयहरुमा ढिलासुस्ती तथा समय कटाउने प्रथाको अन्त्य हुनु पर्ने बताउनुभयो । उहाँले खानेपानी, स्वास्थ्य र भौतिक पुर्वाधार तर्फको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष गिता देवी चौधरीले सुस्तामा खानेपानीको व्यवस्था चुनौतीपूर्ण नै रहेकोले सबैको सामुहिक प्रयासबाटै समस्या समाधान गरिने विचार व्यक्त गर्नुभयाे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सुस्ता गाउँ पालिकामा भएका गतिविधिलाई सत्यतथ्य रुपमा समाचार सम्प्रेषण गरि नागरिकसम्म पुर्याउने प्रेस जगतले आफ्नो जिम्मेवारी पूरा गरेको बताउदै, राजस्व संकलनको क्षेत्रमा सुस्ता गाउँपालिकाले नयाँ युगको सुरुवात गरेको बताउनुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका  पूर्व सभापति हरि शर्मा, संस्थापक सदस्य आर.पि. उपाध्याय, प्रेस युनियनका सभापति उमेश वि.क. लगायतले आफ्नो धारणा राख्नु भएको छ ।
महासंघको  उपसभापति विकास अधिकारीकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सञ्चालन महासंघ का सचिव अनिल यादवले गर्नुभएको थियो  ।
कार्यक्रममा प्रमुख प्रशिक्षक समेत रहनु भएका लुम्बिनी प्रदेशका रासस प्रमुख भरत के.सी. ले बन्द सत्रको तालिममा सहजीकरण गर्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme