15.6 C
New York
Friday, March 27, 2026

Buy now

spot_img
spot_img

सुस्तामा मल अभाव: धानबाली सुक्दै, किसानको पेट पाल्ने आधारमै संकट

- Advertisement -

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) —
“धान सुक्दै छ, अब के खानु भन्ने चिन्ता छ,” नवलपरासीको सुस्ता–२ का किसान मुन्सी कुमारको पीडा हो यो ।
देशभर युरिया मलको अभाव चुलिँदै गर्दा भारत सिमानामा रहेको सुस्ताका किसान अझै गहिरो संकटमा परेका छन् । धानबाली पाक्ने महत्वपूर्ण समयमा आवश्यक मल नपाउँदा खेतबारीमै हरियाली हराउँदै गएको छ ।

खेती नै आधार, तर संकट गहिरिँदै

सुस्ता नेपालकै संवेदनशील भू–भाग हो, जहाँ सरकारले शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता आधारभूत सेवा अझै पर्याप्त रूपमा पु¥याउन सकेको छैन । यहाँका बासिन्दाका लागि खेतीपाती नै जीवन धान्ने एक मात्र आधार हो । तर अहिले त्यही खेतीमा संकट देखिँदा गाउँभरि चिन्ता र निराशा छाएको छ ।

विगतमा किसानले भारततिरबाट निजी प्रयासमा रासायनिक मल ल्याएर काम चलाउँदै आएका थिए । तर यसवर्ष भारतमै आपूर्ति संकट हुनुका साथै सीमा सुरक्षाकर्मीले पूर्ण रूपमा रोक लगाएपछि उनीहरूको विकल्प नै बन्द भएको छ ।

सुस्ताका अर्का किसान औंरंगजेब खान भन्छन्,
“हामी किसानका लागि खेती नै जीवन हो । तर अहिले धानमै संकट आएको छ । सरकारले ध्यान नदिए हाम्रो गाउँमा भोकमरी आउन सक्छ ।”

मुन्सी कुमार थप्छन्,
“धानबालीमा युरिया चाहिने बेलामा मल छैन । बोट पहेँलिँदै गएका छन् । उत्पादन घट्दा छाक टार्नै मुस्किल हुन्छ भन्ने डर छ ।”

अभावले देशैभर हाहाकार, तर सुस्ता बढी मारमा

युरिया मलको अभाव अहिले देशव्यापी समस्या बनेको छ । तर सीमा क्षेत्र सुस्तामा यसको असर दोब्बर परेको किसानहरूको गुनासो छ । जहाँ अन्य सेवासुविधा नै न्यून छ, त्यहाँ खेती नै बाँच्ने आधार बनेको छ । अहिले त्यही आधार हल्लिँदा बल बच्चा पाल्ने चिन्ताले गाउँभरि त्रास फैलिएको छ ।

दीगो समाधानको खोजी

स्थानीय किसानहरूको माग छ—सरकारले तत्काल आपतकालीन रूपमा मल आपूर्ति गर्ने मात्र होइन, दीगो समाधान पनि खोज्नुपर्छ । हरेक वर्ष दोहोरिने मल संकटले उनीहरूको श्रम र भविष्य दुबै जोखिममा पारेको छ ।

कृषि वैज्ञानिकहरू पनि चेतावनी दिन्छन्—धानबाली प्रभावित हुँदा उत्पादन मात्र होइन, बजारमा अन्नको आपूर्ति घट्ने, मूल्य बढ्ने र जनजीवन झन् कष्टकर बन्ने खतरा छ ।

धानबालीको हरियालीमा आशा देख्ने सुस्ताका किसान अहिले पीडा, निराशा र चिन्ताले घेरिएका छन् । मलको अभाव तत्काल समाधान नभए सुस्तामा मात्र होइन, मुलुककै अन्न भण्डारमा ठूलो संकट निम्तिने देखिन्छ ।
प्रश्न यही हो—सरकारले किसानको आवाज सुन्ने हो कि सुस्तालाई फेरि बेवास्ता गर्ने?

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme