नवलपरासीमा मदारबाबा मेला, हिन्दुमुस्लिमकाे साझा थलाे (फाेटाेफिचर सहित)

122

वृजराज कुशवाहा, नवलपरासी १८ माघ ।

नवलपरासी जिल्लाकाे सुस्ता गाउंपालिका वडा नं. २ स्थित मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैकाे अास्थाका साझा केन्द्रकाे रूपमा विकसित भएकाे मदारबाबा मेला यस वर्ष माघ २२ गते देखी अारम्भ हुने भएको छ ।

मेलाकाे अायाेजक कुतबुल मदार शाह दरगाह कमिटीले मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । मेलामा अाउने श्रद्धालुका लागि बास, खानेपानी, विरामीका लागि उपचार शिविर, साैंचालयकाे बन्दाेबस्त गर्नुका साथै सुरक्षाका लागि चुस्तदुरूस्त व्यवस्था मिलाइएकाे कमिटिका अध्यक्ष निजामुद्दिन मिंयाले बताए ।

मेलामा नेपालका साथै भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतकाे विभिन्न स्थानहरूबाट करिब १० लाख भन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएको छ । याे विगत वर्षहरूकाे अनुभवकाे अाधारमा यस वर्ष अझ बढी श्रद्धालु अाउने विश्वास लिइएकाे कमिटि सचिव अजमुद्दिन मियांले बताए ।

याे मेला मुस्लिम मान्यता अनुसार महान ऋषि वदिउद्दिन शाहकाे ६०१अाैं वार्षिकीकाे रूपमा मनाइदै छ । यस अवसरमा यस विकट पहाडमा पुजापाठ गर्न अाउने भक्तजनहरूले भाकल (कामना) गरेकाे पुग्ने विश्वास रहेकाे छ । सन्तान नहुने दम्पत्तिले सन्तान पाउने, दिर्घराेगी निकाे हुने लगायतका मान्यता र विश्वास भएकै कारण मेलामा अाउने भक्तजनहरूकाे संख्या दिनानुदिन बढदै गएकाे पीठाधिश बाबा अमिरूल्लाह अन्सारीले बताए ।

श्रद्धाकाे यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेकाे बताइएकाे छ । महलबारीमा मस्जिद रहेकाे छ । यसबाट अगाडि बढदै जादा गुद्दरबाबा, चावलधाेइ र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन । पहाडमा रहेकाे मदारबाबा स्थानमा पुग्न जाे काेही अातुर रहेकाे पाइन्छ । यसै स्थानमा पुग्न सक्नु पनि सुखकाे मुहान खुल्नु सरह मानिन्छ । मुख्य केन्द्रकाे रूपमा रहेकाे यस स्थानमा बाबा अासिन हुने र त्यहा पुग्ने भक्तजनहरू बाबाकाे अाषिश लिइ फर्कने गर्छन ।

यस एेतिहासिक मेलामा हिन्दु र मुस्लिम दुबै धर्मका व्यक्ति श्रद्धाका साथ जाने गर्छन । हिन्दु मुस्लिम दुबै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ एकै स्थानमा पुजापाठ गर्ने संसारकै दुर्लभ स्थान रहेकाे हुनसक्ने अनुमान समेत गरिदै अाएकाे कमिटिका काेषाध्यक्ष रियाजुलहक अन्सारीले बताए ।

 

सुरक्षा व्यवस्था मिलाउनका लागि नेपाल प्रहरी र सश्स्त्र प्रहरी खटिएकाे छ । टाढाटाढाका यात्रुहरूले ल्याउने सवारीसाधनका कारण जाम बढने समस्या व्यवस्थापन गर्नका लागि नेपाल प्रहरीले ट्राफिक प्रहरी परिचालन गर्ने भएकाे छ । यसका लागि इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी नीरीक्षक केशव थापाकाे नेतृत्वकाे टीमले अाज स्थलगत अनुगमन गरेकाे वरिष्ठ उपाध्यक्ष लाल महम्मद अन्सारीले बताए  ।

नेपालका साथै भारतमा समेत प्रचारप्रसारका लागि स्थानीय त्रिवेणी सञ्चार मञ्च अफिशियल मिडिया रहेकाे छ । मेलाबारे अाज विहिवार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइएकाे थियाे । सम्मेलनमा नेपालका साथै भारतका विभिन्न मिडियाका सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

मेला फागुन १ गतेसम्म सञ्चालन हुनेछ । मेलामा व्यापारीहरूकाे व्यापक उपस्थिती रहेकाे छ । व्यावसायीहरू मेलामा राम्राे अाम्दानी गर्नसक्ने भएकाले मेला शुरू हुनु एक हप्ता अगावै महलवारीमा अाइ पुगेका छन् । अस्थायी पसलका लागि घरटहरा धमाधम निर्माण गरिन थालिएकाे छ ।

अनलाइनजनताका साथमा नन्दु यादव, रबिन्द्र यादव, सञ्जय कुशवाहा र सहबान अन्सारी ।