नयाँ दिल्ली, एजेन्सी । बौद्ध अध्यात्मिक धर्म गुरु दलाई लामासंग अमेरिकी विशेष संयोजक उज्रा जेयाले नयाँ दिल्लीमा भेटघाटलाई लिएर चीनले आक्रोशित बनेका छन् ।
तिब्बतका विभिन्न मुद्दामा केन्द्रीय हुँदै अमेरिकी विशेष संयोजक जेयाले नयाँ दिल्लीमा भेटघाट गरेको कार्य विदेशी कुटनीतिक विरुद्ध रहेको ठहर गर्दै चीनद्धारा तिव्र रुपमा आक्रोश व्यक्त गरेका हुन् ।
चीनले तिब्बतको मामिलामा ‘कुनै बाह्य शक्तिलाई हस्तक्षेप गर्ने अधिकार नभएको’ बताए । नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकारका लागि अमेरिकी उप विदेशमन्त्री समेत रहेका जेयाले गत आइतबार भारतको भ्रमण गरेकी थिइन् । नयाँ दिल्ली भ्रमणका क्रममा उनले अमेरिकी वरिष्ठ अधिकारीहरू सँग दलाई लामालाई भेटेर तिब्बतको अवस्थाबारे छलफल गरेकी थिइन् ।
नयाँ दिल्ली स्थित चिनियाँ दूतावासले विदेशी अधिकारीहरू र ‘तिब्बती स्वतन्त्रता’ सेनाहरू बीचको कुनै पनि सम्पर्कको विरोध गरेको छ । ‘सिजाङ (तिब्बत) मामिला चीनको विशुद्ध आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिलाई हस्तक्षेप गर्ने अधिकार छैन,’ दूतावासले जनाएको छ ।
सेन्ट्रल तिब्बती प्रशासन (सीटीए) ले फेसबुक पोस्टमा दलाई लामाले जेयाको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डललाई भेटेको जानकारी दिएका थिए । दलाई लामाको प्रतिनिधिमण्डलमा रहेका सीटीएका राजनीतिक नेता पेन्पा छिरिङले भेटमा भएको छलफल तिब्बतको समृद्ध र बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने आवश्यकतामा केन्द्रित भएको बताएका हुन् ।





