13.3 C
New York
Monday, May 25, 2026

Buy now

spot_img
spot_img

जेष्ठ नागरिककालागि निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

- Advertisement -

बर्दघाट, पश्चिम नवलपरासी ।
‎बर्दघाट नगरपालिका वडा नं. १६ अन्तर्गत सिद्धनगर टोलस्थित वनदेवी मन्दिरको प्राङ्गणमा जेष्ठ नागरिक मुस्कान केन्द्र बर्दघाट–१४, धर्मबस्ती पश्चिम नवलपरासीको आयोजनामा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
‎कार्यक्रममा सहिद स्मृति सामुदायिक अस्पतालका डाक्टरहरूको टोलीले ८० जना जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको स्थानीय सावित्रा दवाडीले जानकारी दिनुभयो ।
‎बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपप्रमुख रुद्र प्रसाद उपाध्यायको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो ।
‎कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेमनारायण पाण्डेले गर्नुभएको थियो भने कार्यक्रम संयोजक मधुसुधन अर्यालले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्नुभएको थियो ।
‎संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वर बहादुर जि.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी बर्दघाट नगरपालिकाको महिला तथा बालबालिका शाखाकी शाखा अधिकृत अप्सरा सुवेदी, सहिद स्मृति सामुदायिक अस्पतालका प्रतिनिधि टिकाराम भण्डारी तथा स्थानीय समाजसेवी बालकृष्ण ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme