चिनीयाँ ठेकेदार विरूद्ध अख्तियारमा मुद्दा

25

काठमाडौं। 

मेलम्ची खानेपानी आयोजनाको अन्तिम ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण चैतभित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सरकारको सपना पूरा हुन नसक्ने देखिएको छ ।

चिनियाँ कम्पनीले काम नै गर्न नसकेपछि अहिले मेलम्ची खानेपानी परियोजनाले सरकारसँग नै हारगुहार गरेको छ ।

चिनियाँ कम्पनी सिनो हाइड्रोको काम नलाग्‍ने उपकरणका कारण पुनर्निमार्ण स्थलमा विस्फोट गरेर ठूला ढुंगा र माटो हटाएर साइट क्लियर गर्न नसकेको परियोजनाका प्रवक्ता राजेन्द्रकुमार पन्तले बताएका छन् ।

मेलम्चीको बाँकी काम पूरागर्न नेपाल सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ३२ करोड रुपैयाँमा सम्झौता गरेको थियो। अहिले कम्पनीले बाँकी काम गर्न नसकेपछि सरकारलाई गुहारेको हो ।

गत माघ दोस्रो साता सिनो हाइड्रोले चैत मसान्तभित्र सक्ने योजना सहित काम सुरू गरे पनि अहिले रकम थप्नुपर्ने माग गरेको छ । अर्कातिर कम्पनीले फागुन २५ सम्म ६० प्रतिशत काम सकेको दाबी गरेको थियो ।

सरकारले गत पुस अन्तिम साता मेलम्चीको पुनर्निर्माणको काम फाष्ट ट्रयाकमा निर्माण गर्ने निर्णय गरेको थियो । सिने हाइड्रोले पेश्की रकम नपाएको भन्दै काममा अवरोध गरेको छ।

परीक्षणका लागि समेत समय नदिएर असारमा उद्घाटनको हतारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सुरूङभित्र छिर्ने ढोका बनाउँदा उल्टो ढोका लगाइएको थियो। प्राविधिकहरूका अनुसार पानी भएको साइड तिर ढोका खुल्ने गराउनुपर्नेमा उल्टो ढोका हालेर पानी छोडिएको थियो ।

सिने हाइड्रोले विकास समितिका पदाधिकारीलाई दोष लगाउँदै क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेको थियो ।

पछि बिना मूल्याङ्कन नै नगरी उसलाई ३० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरिएको थियो। यद्यपि, मूल्याङ्कन समितिले अधिकतम २४ प्रशतिभन्दा बढी रकम दिन नमिल्ने निश्कर्ष निकालेको थियो ।

यससँगै अहिले यो विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।

सो अन्तर्गतको ६ प्रतिशत रकम (१ करोड ५२ लाख रुपैयाँ) गैरकानुनी भएको भन्दै भुक्तानी गर्न समितिले मानेको छैन् । तत्कालीन कार्यकारी निर्देशक सरूवा भएर मन्त्रालय पुगेका छन् भने अहिले आएका कार्यकारी निर्देशक बासुदेव पौडेलले पुरानो यस्तो पैसा उपलब्ध गराउन नसकिने बताएका छन् ।