बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत पठाउँदै भारत

50

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकरलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले जनाएअनुसार  भारतले बंगलादेशलाई थप १५०० मेगावाट विद्युत आपूर्ति गर्ने भएको छ ।

हाल भारतले बंगलादेशलाई ११६० मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ । यसबाहेक भारतले बंगलादेशका लासग सडक परियोजना, नदी बन्दरगाह परियोजना एवम् अन्य पूर्वाधारमा पनि संलग्न रहेको बताइएको छ ।

यसबाहेक भारतले बंगलादेशका लागि डिजिटल कनेक्टिभिटी, ट्रान्समिसन लाइन र अन्य पूर्वाधार पनि प्रस्ताव गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।