एसएसपी यादव मृत्यु प्रकरण : अनुसन्धान गर्न गृहमन्त्री खाँणको निर्देशन

20
file pic

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेका एसएपी सुशीलकुमार यादवको घटनालाई सूक्ष्मरुपले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

शुक्रबार साँझ घटनास्थलमै पुगेर गृहमन्त्री खाँणले यादवको परिवारसँग पनि भेटघाट गरेका थिए । भेटघाटकै क्रममा गृहमन्त्री खाँणले घटनाको सत्यतथ्य सहित सूक्ष्मरुपमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

एसएपी यादव शुक्रबार आफ्नै कार्यालयको क्वार्टरमा दिउँसो १२:४५ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

यादव नवलपरासी रामग्राम नगरपालिका-२ निवासी हुन्। उनी २०४९ सालमा सेवा प्रवेश गरेका र ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा रहेका थिए।