कलस्टरको भेला पृथ्वी वस्तीमा सम्पन्न

56

पप्पु रेग्मी, बर्दघाट । नेकपा एमाले जेष्ठ नागरिक तथा अगुवा कार्यकर्ताहरुको दाउन्ने कलस्टरको भेला वडा नम्वर १५ को पृथ्वीबस्तीमा सम्पन्न भएको छ ।

भेलामा बोल्ने सहभागी कार्यकर्ताहरुले पार्टीलाई अझ मजबुत र सक्षम बनाउनका लागि नियमित सभा, गोष्ठी गरि कार्यकर्ताहरुको सामाजिक तथा विविध समस्याहरु पनि सुल्झाउनु पर्नेमा जोड दिएका थिए ।

भेलाले जेष्ठ तथा अगुवा कार्यकर्ताहरुको मागलाई कार्यान्वयन गर्नको लागि सक्रिय बनाई परिचालन गर्ने निर्णय गर्दै, वर्तमान गाउँ कमिटि हुदै जिल्ला कमिटिलाई समेत जानकारी गराउने र जिल्लाको अन्य नगर तथा गाउँ कमिटिहरुको वडामा समेत विस्तार गर्ने निर्णय गरेकोे दाउन्नेदेवी गाविसका नेकपा एमालेका पूर्व अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

शनिवार गरिएको सो भेलामा नेकपा एमाले पार्टीको अवधारणा बारे जेष्ठ नागरिक तथा विभिन्न पदहरुमा रहेका अगुवा कार्यकर्ताहरुलाई पार्टी भित्रको वर्तमान नेतृत्व वर्गले पार्टिको पुराना (जेष्ठ नागरिक) कार्यकर्ताहरुलाई खासै महत्व नदिएको गुनासो गरेका थिए ।

८२ वर्षिया जेष्ठ नगरिक यम बहादुर राउतको अध्यक्षतामा भएको भेलाको स्वागत तुलाराम गुरुङले गर्नु भएको थियो भने सञ्चालन मधुसुधन अर्यालको रहेको थियो । कार्यक्रममा सयौंको उपस्थिति रहेको बताईएको छ ।