17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

किशोर किशोरी मैत्री स्वास्थ सेवाहरू घाेषणा कार्यक्रम सम्पन्न

- Advertisement -

बर्दघाट, २८ माघ ।
बर्दघाट नगरपालिकाले आफ्नो नगरका सबै स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री स्वास्थ्य सेवाहरू घाेषणाा कार्यक्रम सोमवार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी घाेषणा गरेको छ ।
नगर स्वास्थ्य समन्वय समितिका अध्यक्षत तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था भएको प्रमाणीकरण तथा घोषणा गर्नु भएको हो । नगर प्रमुख श्रेष्ठले घोषणा गरीएका कामहरुलाई निरन्तरता दिने प्रतिवध्दता जाहेर गर्दै, सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनुभयाे ।
नगर भित्र १७ वटा स्वास्थ्य संस्थाहरु रहेको बर्दघाट नगरका अधिकांश स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्न ४५ सुचकमा ८० प्रतिशत बढी सुचाङ्क पुरा गरेपछि घोषणा गरीएको बर्दघाट नगर स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययायले बाेल्दै, नगरले बिभिन्न प्रकारका अभियान तथा घोषणा कार्यक्रमहरु गरिरहेको र त्यसको निरन्तरता दिन आवश्य रहेको बताउनुभयाे ।
त्यसैगरी, सोही कार्यक्रममा बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले सचेतना मुलक कविता मार्फत सबैलाई एक भएर लाग्न आग्रह गर्नु भएको थियो ।
घोषणा कार्यक्रममा बर्दघाट नगरका भौतिक तथा पुर्वाधार विकास समितिका संयोजक चन्द्रकान्त चापागाई, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति धनश्याम न्यौपाने, बर्दघाट प्रेस क्लबका अधयक्ष कुस्माकर ढकाल, पञ्चनगर स्वास्थ्य संस्थाका प्रमुख बाबुराम तिमिलसिना लगाएतले बाेल्नु भएको थियो ।
बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको अधयक्षता र नगर स्वास्थ्य समन्वय समितिका अध्यक्षत तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्न सहयोग गर्ने सबै स्वास्थ्य संस्थाका ब्यवस्थापन समिति, कर्मचारी तथा वडाका केही महिला स्वास्थ्य स्वयं सेवीकाहरुलाई सम्मान गरीएको थियो । कार्यक्रमको स्वागत स्वास्थ्यकर्मी सीता पाैडेलले गर्नु भएको थियो भने कार्यक्रमकाे सञ्चालन स्वास्थ्य अधिकृत कृष्णहरि पौडेलले गर्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme