6.5 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता

- Advertisement -

काठमाडौं, ३ फागुन ।

हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ ।

३ फागुनमा गरेको आयोगको निर्णय अनुसार जनता प्रगतिशील पार्टी दर्ता भएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष हृदयेश त्रिपाठीले मंगलबार बुझेका छन् ।  आयोगमा पार्टीको दर्ता नम्बर १७९ रहेको छ ।

पार्टीको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका-१० मा राखिएको छ ।

स्वतन्त्र राजनीतिक समूह खाेलेका त्रिपाठीलाइ दलले घाेषित गरेकाे आधिकारिक उम्मेदवारकाे विरूद्धमा लागेकाे भन्दै निर्वाचन प्रचारप्रसार चलिरहकै बेला राजपा नेपालले त्रिपाठीलाइ कारवाही गरेकाे थियाे । त्रिपाठीलाइ पांच वर्षका लागि निलम्बन गरेकाे थियाे ।

कार्वाही पश्चात दलविहिन बनेका त्रिपाठी २०७४ काे संघिय निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडेका थिए । त्रिपाठी पश्चिम नवलपरासीकाे निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

स्थानीय निर्वाचन घाेषणा भए लगत्तै त्रिपाठी जनता प्रगतिशिल पार्टी खाेलेका हुन् ।

यस अघि त्रिपाठीले आगामी स्थानीय निर्वाचन अगावै प्रदेश नं १लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमाङ्कन टुङ्ग्याउन माग गरेका थिए । स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेस प्रदेशमा मात्रै कार्यान्वयन भएको भन्दै जनता प्रगतिशील पार्टीले आगामी निर्वाचनअघि नै उक्त समितिको सिफारिसअनुसार प्रदेश नं १लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गर्न माग गरेका हुन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme