3.6 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

भुकम्प पीडितको लागि राहत बोकेको चिनियाँ विमान किन गएको होला पोखरा ?

- Advertisement -

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पमा प्रभावितहरुलाई ब्ल्यांकेट, टेन्ट लगायतका राहत लिएर चिनियाँ जहाज बुधबार नेपाल आयो । जनमुक्ति सेनाका दुई कार्गो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रम पनि त्यहीँ भयो । राहत हस्तान्तरणका लागि काठमाडौंमा रहेका चिनियाँ राजदूत चेन सङ बुधबार विहान मात्र पोखरा पुगे । लगतै राहत लिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश काठमाडौंबाटै पोखरा पुगे ।

श्रेष्ठका अनुसार ब्ल्यांकेट, त्रिपाल ट्रकमार्फत जाजरकोट र रुकुम पश्चिम पठाइएको छ । यसका लागि पोखराको तुलनामा काठमाडौं विमानस्थलमा राहत झारेको भए सहज हुने थियो ।

तर चिनियाँ पक्षले नै राहत बोकेको जहाज पोखरामा लैजान चाहेको अधिकारीहरु बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘काठमाडौंमा यो साता चापमा उडानहरु भइरहेका छन्, सोहीकारण हुनसक्छ, चीनले आफ्ना जहाज पोखरामै उतार्ने निर्णय लियो ।’

काठमाडौंमा दुई कार्गो जहाज उतार्दा पार्किङ वे ओगट्ने र नियमित उडानका जहाजको अवतरण प्रभावित नहोस् भनेर आफूहरुले पनि सहमति दिएको अधिकारीहरु बताउँछन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋण सहायतामा निर्माण भएको हो, तर अहिलेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको छैन । यसअघि भारतीय सेनाको जहाजले नेपालगञ्जमा राहत लिएर अवतरण गरेको थियो । 

भारत र चीनको मोफसलमा भएको यस्तो उडानले अब नेपालमा काठमाडौंको विकल्प तयार छ भन्ने सन्देश दिएको प्रवक्ता निरौलाले बताए । ‘यस्ता पूर्वाधार बनाउनुको उद्देश्य काठमाडौंको विकल्प दिनु हो,’ उनले भने, ‘अझ संकटको बेला यस्ता पूर्वाधार अझ बढी महत्वपूर्ण हुन्छन् ।’

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme