रूपन्देही र चितवनमा सवारी दुर्घटना, २  जनाको मृत्यु

97

काठमाडौं, ६ कात्तिक ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-२ स्थित सिताराईस मिल नजिक सडकमा लु.३० प ४२६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ शंकरनगर बस्ने २४ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, भरतपुर महानगरपालिका-६ पुलरस्थित सडकमा ना.१ क ३३६८ नम्बरको बसले ना.२ प ५६२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१४ बस्ने २० वर्षीय निरज बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।