16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

भारतको एक सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु, औषधि अभाव भएको आरोप

- Advertisement -

नयाँ दिल्ली : भारतको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा २४ घण्टाको अवधिमा १२ नवजात शिशुसहित २४ जनाको मृत्यु भएको छ। एकै यति ठूलो संख्यामा बिरामीको मृत्यु भएपछि अस्पतालप्रति स्थानीयले आशंका व्यक्त गरेका छन्।

असोज १३ देखि १४ गते दिउँसो १२ बजेको अवधिमा उपचार गराइरहेका २४ जनाको मृत्यु भएको हो।  मृतकका आफन्तले औषधि अभावमा बिरामीको मृत्यु भएको आरोप लगाएका छन्।

तर,अस्पतालले भने औषधि अभावमा नभइ उपचारकै क्रममा बिरामीको मृत्यु भएको दावी गरेको छ। डा.शंकरराव चव्हाण सरकारी मेडिकल कलेज तथा अस्पतालका डीन डा.एसआर वाकोडेले औषधि अभावमा नभइ  उपचारकै क्रममा बिरामीहरूको निधन भएको बताएका छन्।

उनका अनुसार अस्पतालको शिशु विभागमा भर्ना भएका १४२ शिशुमध्ये ४२ को अवस्था चिन्ताजनक थियो। उनीहरूको तौल पनि निकै कम थियो। उपचारकै क्रममा उनीहरूको निधन भएको हो।

बिरामी शिशुहरूलाई स्थानीय निजी अस्पतालबाट त्यहाँ रिफर गरिएको बताइएको छ। एकैपटक यति ठूलो संख्यामा बिरामीको मृत्यु भएपछि विरोध हुन थालेको छ। कांग्रेस नेता राहुज गान्धीले भाजपा सरकारका कारण बिरामीले औषधि नपाएर मृत्यवरण गर्नुपरेको आरोप लगाएका छन्।

उनले भनेका छन्, भाजपा सरकारले आफ्नो अभियानमा हजारौं करोड रुपैयाँ खर्च गर्छ तर, बच्चाहरुका लागि औषधिका लागि पैसा दिन सक्दैन।’

एनसीपी नेता शरद पवारले सरकारी तन्त्र नै फेल भएको जिकिर गरेका छन्। उनले यस दु:खद घटनाको गम्भीरतालाई ध्यानमा राखी प्रदेश सरकारले यस्ता घटना दोहोरिन नदिन र बिरामीको  ज्यान जोगाउन ठोस कदम चाल्नुपर्ने बताएका छन्।

यसैगरी कांग्रेस महासचिव प्रियंका गान्धीले बिरामीको उपचारमा लापरवाही गर्नेमाथि कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्। 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme