9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

चीननिकट उपेन्द्र र उनका छोरालाई पूर्वेली जनताले हारको धुलो चटाए

- Advertisement -

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले स्थानीय तह निर्वाचनअन्तर्गत उपमेयर पदमा लज्जास्पद हार ब्यहोरेका छन् । 

गठबन्धनबाट कांग्रेसका नागेस कोइरालाले विराटनगर महानगरपालिकामा भारी मतले मेयर जित्दा गठबन्धनकै उपमेयरमा भिडेका उपेन्द्रका छोरा नराम्रोसँग पछारिएका छन् । 

उपेन्द्रले जसपाको भागमा परेको उपमेयरमा काबिल नेता कार्यकर्ता पन्छाएर आफ्नो छोरा च्यापेर पुत्रमोह देखाएपछि नेता कार्यकर्ताले उपेन्द्रको औकात देखाइदिएका छन् । 

चीननिकट उपेन्द्र र उनका छोरालाई पूर्वेली जनताले हारको धुलो चटाएका हुन् ।  

शनिबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार ३४ वर्षीय अमरेन्द्र विराटनगर महानगरपालिकाको उप–मेयरमा पराजित भएका हुन् । अमरेन्द्रले १४२१९ मत पाएका थिए ।

अमरेन्द्रलाई एमालेकी उप–मेयरकी उम्मेदवार ४३ वर्षीया शिल्पा कार्कीले पराजित गरेकी हुन् ।

अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई उप–मेयर बनाउने लोभमा परेर उम्मेदवार बनाउँदा मतदाताले नरुचाएर हराइदिएका छन् ।

आफ्नै छोरालाई उपेन्द्रले उम्मेदवार बनाएपछि पार्टीभित्र विरोध भएको थियो ।

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ४८ वर्षीय नागेश कोइराला ३०१७० मतसहित विजयी भएका छन् ।

कोइरालासँग एमालेका ४५ वर्षीय सागरकुमार थापा २१४५५ मतसहित पराजित भएका छन् ।

कांग्रेसका कोइरालाले एमालेका थापालाई ९७१५ मतको अन्तरले पराजित गरेका हुन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme