चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगे । चिनी राष्ट्रपति सी चिनफिङका विश्वासपात्र समेत रहेका उनको नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम तय गरिएकाे थियाे।
च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियाे।
पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ताकाे कार्यक्रम छ । उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुगेको थियो । उनी श्रीलंकाको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन्। नेपालखबर





