9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बर्दघाटको मेलाको तयारी रोक्न नगरको निर्देशन

- Advertisement -

नवलपरासी ।
बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा संचालन हुन लागेको सातौँ बर्दघाट मेलाको तयारी रोक्न बर्दघाट नगरपालिकाले निर्देशन दिएको छ ।

उद्योग वाणिज्य संघमा आबद्ध केही व्यवसायीहरु र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बर्दघाट नगर समितिको ज्ञापनपत्र पछि नगरपालिकाले मेलाको तयारीकाे काम तत्कालका लागि रोक्न निर्देशन दिएको हो ।

मेला रोक्न भन्दै विद्यालय व्यवस्थापन समिति र बर्दघाटका व्यवसायीहरु नगरमा आएपछि नगर प्रमुख शम्भुलाल श्रेष्ठले मेला लगाउने सम्बन्धमा कामकाजलाई स्थगित गरी मेला संचालन सम्बन्धमा भएका निर्णयहरुको छाँयाप्रति सहित शुक्रबार विहान १०ः३० बजे सरोकारवाला पक्षलाई छलफलका लागि बोलाईएको बताउनुभयो । उहाँले व्यवसायीहरु विच विस्तृत छलफल भएपछि मेला संचालन गर्ने वा नगर्ने निष्कर्ष निकालिने बताउनुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका नगर अध्यक्ष सोभाकर भुसालले अहिले बर्दघाटमा मेला लगाउंदा विद्यार्थीका लागि उपयुक्त नहुने बताउनुभयो । “कक्षा ८ को वि एल ई र कक्षा १० को टेस्ट परिक्षा फागुनको १६ गते देखी २३ गतेसम्म गरिने हुनाले विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै मेला स्थगन गर्न नगर समक्ष ज्ञापन पत्र बुझाएका हौँ” भुसालले भन्नुभयो ।
व्यवसायीहरु अहिले आर्थिक मन्दिका कारण टाउको उठाउन नसक्ने अवस्था हुँदाहुँदै बर्दघाटको पुँजी बाहिर पलायन हुने गरेर मेला लगाउन उपयुक्त नभएको उद्योग वाणिज्य संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष राजु पाण्डेले बताउनुभयो । “अहिले मेला नलगाउन ९९ प्रतिशत व्यापारीहरुले आग्रह गर्दा कुनै सुनुवाई नगरी एकोहोरो मेला लगाउने तयारी अगाडि बढाउनु गलत छ । अहिले करिब ७ सय व्यवसायीहरूको हस्ताक्षर ल्याएका छौं, थप चाहिन्छ भने २ दिनको समय दिनुहोस हामी १५ सय बढि व्यवसायीको हस्ताक्षर ल्याउँछौँ” पाण्डेले भन्नुभयो ।
अधिकांश व्यापारीहरुको विरोधका बाबजुद मेला लगाउनु उचित नहुने निवर्तमान उपाध्यक्ष राजु न्यौपानेको भनाई छ । उहाँले भन्नुभयो “कोरोना कहर र आर्थिक मन्दिका कारण व्यापारीहरु मर्कामा परेको समयमा विगतका वर्षका मेलामा म समितिमा हुँदा पनि विरोध गर्दै आएको थिएँ, अहिलेको अवस्थामा सबै व्यापारीको मनसाय मेला नलगाउने भन्ने नै छ तर अटेर गरेर मेला लगाईए त्यसको असर गम्भिर हुन्छ ।”
निवर्तमान उपाध्यक्ष लेखनाथ पौडेलले अहिलेका परिस्थितिमा मेला गर्दा विद्यार्थी, अभिभावक, व्यवसायी र उपभोक्ताहरुलाई समेत बेफाईदा हुने बताउनुभयो ।
उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले नगरले शुक्रबार बिहान छलफलका लागि बोलाएको बताउँदै छलफलमा सहभागि हुने बताउनुभयो। उहाँले भन्नुभयो “हामीले मेलाको तयारी तिब्र रुपमा गरिरहेका छौं, यसमा ठुलो लगानी भएको छ मेला रोक्न सक्ने अवस्था छैन ।” न्यौपानेले अगाडि भन्नुभयो, “नगरले अहिले मेलाको तयारी यथावत राख्नु र छलफल गरौं भन्नु भन्दा पनि नगरले अनुमति दिनु पुर्व नै छलफल गराएको भए राम्रो हुने थियो ।”

नगरपालिकाले गत फागुन २ गते नै उद्योग वाणिज्य संघलाई मेला संचालन गर्नका लागि अनुमति दिइसकेको थियो र यता वडा नम्बर ४ का वडा अध्यक्षले मेला नलगाउन विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme