10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

सरावलकाे जावा प्राचिन ककरपत्त नगर घोषणा

- Advertisement -

उमेश बि.क, १५ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे वडा नं. २ जावा गाउंलाइ प्राचिन ककरपत्त नगर घोषणा गरिएको छ। कोलबृक्ष पर्यटन विकास संस्था सरावल २ जावाको आयोजनामा सञ्चालित नगर घोषणा कार्यक्रम शनिबार सम्पन्न भएको हाे ।

संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले बुद्धकालिन अवशेषहरु यस क्षेत्रमा रहेको हुदा यस क्षेत्रलाई बुद्धकालिन प्राचिन ककरपत्त नगर घोषणा गर्न लागिएको बताउनु भयो ।

बौद्ध ईतिहास तथा पुरातत्व क्षेत्रका अध्यक्ष डाक्टर कौशेलेन्द्र बहादुर श्रीवास्तवले यस क्षेत्रमा रहेको अरु ठाउमा नउम्रिने दुर्लभ काडेदार कोलबृक्ष अहिलेसम्म पाइएको हुदा सो स्थान ककरपत्त भएको आधार र जावा गाउ पनि दिर्घजानुको नामले हुन सक्ने हुदा यस क्षेत्र प्राचिन कोलिय गणराज्य अन्तर्गत पर्ने बताउनुभयो ।

कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, कार्यपालिका सदस्य छिमा देवी राय, आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी, मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गाैड लगायतले काेलबृक्षकाे बिशेषताबारे बिचार राख्नुभएको थियो ।

सो कार्यक्रम सरावल गाउपालिकाको सहयोग र मिडिया एसोसिएसन नवलपरासीको समन्व्यमा सम्पन्न भएको हो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme