गस्तीमा गएको प्रहरीको मोटरसाइकल हरायो

22
सप्तरी
विनोद मण्डल, कार्तिक २० ।
कुरा सुन्दा अपत्यारिलो लाग्नसक्छ आफनै सुरक्षा गर्न नसक्नेले कसरी जनताको सुरक्षा देला चिन्ताको विषय यही हुनसक्छ । सप्तरीको बोदेबर्साइन नगरपालिका अन्तर्गत गस्तीमा खटिएको प्रहरीको मोटरसाईकल हराएको छ ।
ईलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट प्रहरी सहायक निरीक्षक दिलीप सिंहको नेतृत्वमा मोटरसाइकल सवार भएर दुई जान प्रहरी वडा नं ८ बैरयाही टोलमा लक्ष्मी पूजाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा पुगेका प्रहरीले पार्किङ गरी राखेको स्थलबाट मोटरसाइकल हराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक उदय दिवेदीले बताएका छन् ।
हाल मोटरसाइकल को खोजी कार्य जारी रहेको बुझिएको छ ।