7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

कावासोतीका विद्यालयहरुमा आत्म सुरक्षा तालिम सञ्चालन

- Advertisement -

कावासोती,८ फागुन । नवलपुरको कावासोती नगरपालिका को १७ वार्ड भित्रका विद्यालय र समुदाय लक्षित आत्म सुरक्षा तालिम सञ्चालन गरिएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत नगर भित्रका ३५ जना किशोरीहरुलाई आत्म सुरक्षा को प्रशिक्षक प्रशिक्षण तालिम दिएर यो अभियान सुरु गरिएको संस्थाका महासचिव दिपक शर्माले बताए ।नगर भित्रका १२ वर्ष देखि १९ वर्ष भित्रका १६ ओटा सामुदायिक माध्यमिक विद्यालयवाट छनौट भएर आएका किशोरीहरुलाई किशोरकिशोरीहरुसंग सम्बन्धित विभिन्न विषयहरूको तालिम दिएर दक्षता हासिल गरे पछी साथी टु साथी माध्यमबाट अभियानहरू सञ्चालन गरिएको उनले बताए ।

हाल सम्म किशोरीहरूले फरक फरक विषयको २ ओटा प्रशिक्षक प्रशिक्षण तालिम र १ दिने विभिन्न विषयहरुको तालिम हासिल गरिसकेका छन् । आइतबार सोही क्रममा कावासोती नगरपालिका वार्ड नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा आत्म सुरक्षा तालिम सञ्चालन गरिएको थियो ।

विद्यालयका छात्रा विद्यार्थीका लागि आफ्नै साथीहरूले आत्म सुरक्षा तालिम सिकाएको देख्दा खुसी लागेको र यसलाई निरन्तर रूपमा सञ्चालन गर्नको लागी विद्यालयको तर्फबाट सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक विष्णु न्यौपानेले बताए ।बालबालिकासंग सम्बन्धित देखिएका समस्याहरू समाधान गर्नको लागि स्वयम् आफ्नै उमेर भित्रका साथीहरूले गर्दा प्रभावकारी हुने र उनीहरूको क्षमता अभिवृद्धि समेत हुने भएकोले यस्ता खालका अभियानको नेतृत्व लिनुपर्ने उनको जोड थियो ।

तालिममा ५० जना विद्यार्थीहरूको सहभागीता रहेको र उनीहरुलाई हिंसा, दुर्व्यवहार र शोषण विरुद्ध लड्नको लागि विभिन्न स्टेपहरु सिकाइएको थियो ।आत्म सुरक्षाका सीपहरु अन्तिम परे पछि मात्र प्रयोग गर्नु पर्ने र आफू सुरक्षित हुनको लागि गरिने भयकोले यसले अरूलाई हानी पुर्याउन नहुनेमा सहजकर्ता गोमा पाण्डेले बताइन् ।

धेरैले आत्म सुरक्षा तालिम भन्ने बितिकै शारीरिक अभ्यास बुझेको तर यो त मानसिक रूपमा समेत तयारी र अन्य विविध विषयहरु जस्तो हिंसा, दुर्व्यवहार, असमानता भनेको के हो ? कहाँ कहाँ हिंसा हुन्छ ? कसरी सो रोकथाम र अन्त्य गर्न सकिन्छ ? नेपालको संविधान र कानुनले गरेको व्यवस्थाहरूको बारेमा बताउने गरेको सहजकर्ता गोमा पाण्डेले बताईन् । यसो गर्दा किशोरी र अन्य सरोकारवालाले चासो दिने गरेको उनले बताइन् ।
सो तालिमको भावना भण्डारी, कुमारी वान्टकी मगर र गोमा पाण्डेले सहजीकरण गरेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme