फागुन, १४ फागुन
नवलपरासीकाे मदारबाबा मेला एक धर्मको नभई मुस्लिम र हिन्दु धर्मावलम्बीहरूका लागि आस्थाकाे केन्द्र बनेकाे छ । फागुन ९ गतेदेखि दुबै धर्मावलम्बीहरू यस स्थानकाे अवलोकन र पुजापाटमा जुटेका छन् ।
सयौं वर्ष देखि लाग्दै आएको मदारबाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ । विभिन्न किसिमका दु:ख लिएर आउने भक्तजनहरूले सु:ख ,शान्ति ,सन्तान प्राप्ति र विभिन्न किसिमका रोगहरू ठिक हुन्छ भने धार्मिक विश्वासले मजारमा पुजापाट गर्न गरेका छन । सो स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ । मेला शिवरात्रिमा समापन हुने गरेको छ । यश वर्ष फागुन ९ गते देखि फागुन १७ गते सकिदैछ ।
महलबारी गाउबाट ९ किलोमिटर पहाडको डाडा चढेर जानू पर्दछ । मदारबाबा मुस्लिम समुदायको भएपनि सबैले आस्थाका रूपमा लिने गरेका छन । मदारबाबाको पूरा नाम हजरत बदिउदिन कुतुबुल मदार शाह रहमतुल्ला अलैहे हो । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मदिना सरिफबाट मदारबाबा सिरिया देशको हल्ब सहरमा बाबाको आमा बुबा आउनु भएको थियो । किंवदन्ती अनुसार बाबाको जन्म अरबी तारिखको २ सय ४२ हिजरीमा भएको थियो ।
मदारबाबको ईतिहास केलाउदा हल्ब सहरमा धार्मिक शिक्षा आर्जन गरेपछि बाबा भारतको गुजरातमा केहि समय बिताउनु भएको पाईन्छ । मदारबाबा भारतमा रहदा उहाँ धेरै धार्मिक ठाउँमा तपस्या गर्नु भएको थियो । सोही क्रममा उहाँ नेपालको पहाडमा दुई पटक सम्म ४०/४० दिन तपस्या गर्नु भएको थियो । विभिन्न धार्मिक ठाउँ र पहाडहरूमा तपस्या गर्दै जीवन बिताउनु भएका बाबा ५ सय ९६ वर्ष ६ महिना ६ दिन जिवित रहनु भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
यस्तै उहाको मृत्यु हिजरी क्यालेन्डर अनुसार ८ सय ३८ हिजरीमा भएको हो । श्रद्धाकाे यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेकाे बताइएकाे छ । महलबारीमा मस्जिद रहेकाे छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा , चावलधाेइल , नाकदर्वा र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन । मदारबाबाले तपस्या गरेको ठाउँमा उहाका शिष्यहरूले पुजापाठ गर्ने गरेका छन । शिष्यहरूले बाबाको सम्झनामा भारतको लखनऊ स्थित मकानपुर र परसैया देखी ९ किलोमिटर पहाडको डाडामा पनि बनाएका थिए ।
तर मकानपुर मजार धार्मिक स्थल ब्यवस्थित भएका कारण देश विदेशमा परिचित छ तर हाम्रो देशको भने उचित संरक्षण र प्रचारका कारण ओझेलमा परेको छ । मदारबाबाको मजारमा स्थानीय मेला आयोजक समिती र स्थानीय बासिहरू यसको प्रचार र संरक्षण जुटे पनि सरकारी निकायबाट भने त्यस्को प्रवदर्न हुन सकेको छैन । त्यस्तै नवलपरासी जिल्लाको सबभन्दा पुरानो र सबैभन्दा धेरै स्वदेशी तथा विदेशी भक्तजनको अवलोकन गर्ने स्थल रहेपनी यसबारे सम्बन्धित समुदायकै अगुवाहरू बेखबर हुन्छन् ।
मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नु पर्ने छ तर चठनका लागि अहिले सम्म ब्यवस्थित बाटो अथव सिढिको ब्यवस्था छैन।दर्शनाथीहरूका लागि बाँस वस्ने स्थान छैन ,पिउन र स्नान गर्नका लागि पानीको अभाव छ ।त्यहा संकलन भएको रकम सदुपयोग हुन सके मात्र उक्त स्थानमा कोही संरचना निर्माण गर्न सकिने छ। हिन्दु र मुस्लिम समुदायको धार्मिक आस्थाको केन्द्र मदारबाबालाई सरकारले संरक्षण र प्रवर्द्धन गर्ने आवस्यक छ ।





