20.7 C
New York
Friday, April 17, 2026

Buy now

spot_img
spot_img

आठौं सुर्यनगर गोल्डकपको सम्पूर्ण तयारी पुरा

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट २७ माघ, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वार्ड नम्बर १६ स्थित सुर्यनगरमा आठौं सुर्यनगर गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको वडा नम्वर १६ का वडा अध्यक्ष भिमकाजी गुरुङ्गले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि जाानकारी दिनुभयो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै, बर्दघाट नगर क्षेत्रमा आधुनिक खेल मैदानको रुपमा सुर्यनगर रङ्गशालालाई अगाडी बढाउदै लगिएको चर्चा गर्दै बर्दघाट नगरमा दक्ष खेलाडी उत्पादनकालागि समेत नगरले विभिन्न बिधागत खेलकुदका कार्यक्रमलाई प्रोत्साहन गरिदै आएको बताउनु भयो ।
करिव ५० लाख रुपैयाँ लागत लाग्ने यस खेलकोलागि बर्दघाट नगरपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोग रहने छ भने बाँकी रकम उद्योग, व्यवसायी, विभिन्न संघ सस्थाबाट आर्थिक सहयोग प्राप्त हुने आयोजकले जनाएको छ ।
नव युवा क्लब बर्दघाट वडा नम्बर १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सुर्यनगर गोल्डकप सञ्चालन हुँदै आएको क्लबका अध्यक्ष अमर थापाले बताउनुभयो ।
आठौं सस्करणको प्रतियोगितामा कुल ८ टिमको सहभागीता रहने साथै ए डिभिजन लिगक राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुको पनी सहभागिता रहने छ । प्रथम हुने टिमले नगद रु. ५ लाख र द्वितीय हुने टिमले ३ लाख रुपैयाँ सहित मेडल प्रमाणपत्र पुरस्कार रहेको आयोजकले बताएको छ । माघ २९ गते देखि फाल्गुन ७ गतेसम्म सञ्चालन हुने यस खेलमा १५ हजार दर्शकले अवलोकन गर्ने बताइएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme