नवलपरासी, १४ कार्तिक ।
नवलपरासी पश्चिम प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको अन्दाजि ९ लाख ९७ हजार ८ सय ४० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।
आइतवार बिहान अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी ४ लाख ४ हजार ३ सय ४० मुल्य बराबरको बिभिन्न किसिमका कपडा, झालर, हुक्का फेलेवर लगायतका मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं। १२ सेतोपुल स्थितबाट बरामद गरेको हो ।
त्यसैगरी आज बिहान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं।४ टि।सि।एन चोकमा चेकजाँचको क्रममा अन्दाजी २ लाख ८४ हजार ६ सय मुल्य बराबरको टिसर्ट, हुट, लेगिज, टप्स, हाईनेक, टाउजर लगायतका बिभिन्न किसिमका कपडा बिभिन्न गाडीहरुमा वेवारिसे अवस्थामा फेला परेको हो ।
त्यसैगरी आज बिहान जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४ राधाकृष्ण मन्दिर स्थितमा भारतबाट अवैध रुपमा ल्याइ लुकाइ छिपाई राखेको ५० बोरामा २५०० केजी चिनी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । उक्त चिनीको अन्दाजी मुल्य १ लाख २५ हजार बराबर रहेको छ ।
त्यसैगरी आज दिउँसो अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी १ लाख ८३ हजार ९ सय मुल्य बराबरको साडि, सल, कुर्ता, सुरुवाल लगायतका बिभिन्न किसिमका कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं७ बुलन्दपुर स्थितबाट बरामद गरेको छ ।
उक्त सामान मोटर साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए । आज बरामद उल्लेखित सम्पुर्ण मालसामानहरु आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको छ ।





