काठमाडौं ।
पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा अल्पसंख्यक सिख समुदायका एक जना चिकित्सकको हत्या भएको छ ।
युवा चिकित्सक सतनाम सिंहको बिहीबार गोली हानेर हत्या गरेपछि पाकिस्तानका अल्पसंख्यक समुदाय त्रसित बनेका छन् । हकिम सतनाम सिंह आफ्नो क्लिनिकमा बसिरहेका बेला अज्ञात व्यक्तिले गोली प्रहार उनको हत्या गरेका हुन् ।
यो घटनापछि खैबर पख्तूनख्वामा सानो संख्यामा रहेको सिख समुदायमा थप सन्त्रासको अवस्था सिर्जना गरेको छ । रिपोर्टअनुसार, पछिल्लो ६/७ वर्षमा खैबर पख्तूनख्वामा आतंकवादी र कट्टरपन्थी समूहले १३ जना सिखको हत्या गरेका छन् । यसमा मुख्यमन्त्री परवेज खान खट्टकका पूर्व सल्लाहकार डा. स्वर्ण सिंहको पनि हत्या भएको छ ।
सिलसिलेवार हत्यापछि कैयौ सिख परिवार हसनबदल, लाहौर र नानकना साहिब भन्ने ठाउँमा बसाई सरेका छन् । यी ठाउँहरुमा सिखको ठूलो बसोबास छ । खैबर पख्तूनख्वाको स्वात जिल्लास्थित मिंगोरा शहरमा बस्दै आएका पाकिस्तानका एकमात्र सिख सिनेटर गुरदीप सिंहले शुक्रवार सीनेटमा सिख डाक्टरको हत्या मुद्दा उठाएका छन् ।
सीनेटका अध्यक्ष मुहम्मद सादिक संजरानीले प्रहरी महानिरीक्षकलाई सतनाम सिंहको हत्याबारे जानकारी गराउन रुलिङ गरेका छन् । सिनेटर गुरदीप सिंहले अल्पसंख्यक समुदायलाई डराउन र पाकिस्तानलाई अस्थिर बनाउन चरमपन्थी संगठनले एक सिखलाई निशाना बनाएको बताए ।
पाकिस्तान सिख दक्षिणपन्थी कार्यकर्ता रादेश सिंह टोनीका अनुसार इस्लामिक स्टेट – खुरासान सतनाम सिंहको हत्याको जिम्मेवारी लिएको भिडियो सामाजिक सञ्जालमा आएको छ । भारतीय सिख नेतृत्वले सतनाम सिंह हत्याको निन्दा गरेका छन् । पाकिस्तान सरकारलाई से सिखहरुको सुरक्षा सुनिश्चित गर्न र सतनाम सिंहका हत्यारालाई कडा कारवाही गर्न माग गरेका छन् ।
पञ्जाबका पूर्वमुख्यमंत्री कैप्टन अमरिंदर सिंहले पाकिस्तानमा अल्पसंख्यक समुदायविरुद्धको क्रुर हमला स्वीकार्य नभएको चेतावनी दिएका छन् । उनले भारतीय विदेश मंत्रालयसँग यो मुद्दा उच्चतम स्तरमा उठाउन र न्याय सुनिश्चित गर्न माग गरेका छन् । शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटी अध्यक्ष बीबी जागीर कौरले इमरान खान सरकारसँग सिखको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटना फेरि दोहोरिन नदिन माग गरेका छन् ।
दिल्ली सिख गुरुद्वारा प्रबन्धक कमिटी अध्यक्ष मनजिंदर सिंह सिरसाले विदेशमन्त्री डा. एस जयशंकरसँग पाकिस्तान र अफगानिस्तानमा में सिखहरुको सुरक्षा मुद्दा सम्बोधन गर्न अपील गरेका छन् । आईएसआईएस-के द्वारा सतनाम सिंहको हत्याको जिम्मेदारी लिएपछि सिख समुदाय आतंकित भएको भन्दै सुरक्षा सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।





