नवलपरासी । प्रतापपुर गाउँपालिकामा सुक्रवार बिहानै चितुवाले आक्रमण गर्दा ४ जना घाईते भएका छन् ।
वडा नं ६ काे माेतीपुर क्षेत्रमा खेतमा काम गरिरहेका बेला आएकाे चितुवाले बिहान ८:४० बजेकाे समयमा आक्रमण गरेकाे घाईतेले बताएका छन् ।
शुरुमा प्रतापपुर ६ गुठी परसाैनीका रघुविर केवटलाई आक्रमण गरेकाे चितुवाले पछि प्रेमलाल काेईरीलाइ घाईते बनाएकाे थियाे । केही समयपछि प्रेमलालका दाजु उमा काेईरीलाई आक्रमण गरेकाे थियाे। त्यसपछि सुस्ता ५ घर भएका माेहम्मद मियालाई आक्रमण गरि घाईते बनाएकाे थियाे।
घाईते सबैजनामा अनुहार, ढाड र टाउकाेमा चाेट पुगेकाे छ । घाईतेहरु परासीमा उपचार पश्चात् घर फर्किरहेकाे बताईएकाे छ।
चितुवाकाे खाेजी कार्य भईरहेकाे छ। स्थानीयवासी, गुठी परसाैनीका प्रहरी चाैकी ईन्चार्ज प्रसनि हरि कुवंरकाे नेतृत्वकाे प्रहरी टाेली र वनरक्षककाे टाेलीले चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेकाे छ ।
घटनास्थल क्षेत्रमा केराबालीकाे घना खेती गरिएकाेले बारीमा पस्नु जाेखिमपुर्ण रहेकाे बताइएकाे छ भने समाचार लेख्दासम्म चितुवा पत्ता लगाई नियन्त्रणमा लिन गाह्राे भइरहेकाे बुझिएकाे छ।