बेलाटारी, नवलपरासी ।
सिटिजन बैंकको आयोजनामा निःशुल्क स्वास्थ्य जाँच शिविर अन्तर्गत दाँत चेकजाँच तथा उपचार सेवा आज त्रिभुवन क्याम्पस बेलाटारीमा सफलतापूर्वक सम्पन्न भएको छ।
आज बिहान ८:३० बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन भएको उक्त शिविरमा दाँत रोग विशेषज्ञ डा. बिकास ढुँगानाले सेवा प्रदान गर्नुभएको थियो।
शाखा प्रमुख मनोहर चौधरीका अनुसार शिविरमा जम्मा ८५ जनाले दाँत सम्बन्धी स्वास्थ्य सेवा लिएका छन्। सहभागीहरूले दाँत जाँच, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क रूपमा पाएका थिए।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको यस प्रकारको स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आर्थिक रूपमा कमजोर वर्गलाई समेत प्रत्यक्ष लाभ पुगेको आयोजकले जनाएको छ।
शिविरमा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै बैंकप्रति आभार व्यक्त गरेका छन्।

)















