त्रिवेणीधाम मेलामा भारतीय बस दुर्घटना ग्रस्त, यात्रु घाइते, सकुशल उद्धार

149

नवलपरासी । माघे ओैंसीकाे अवसरमा त्रिवेणीमा सञ्चालित स्नान पर्वकाे मेला भरेर फर्किने क्रममा यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । त्रिवेणीबाट भारततर्फ जाने क्रममा महेशपुरमा यु पी १६ एफ टी ७४६६ नं. काे भारतीय बस दुर्घटनामा परेकाे हाे । बसमा सवार यात्रुहरू घाइते भएका छन् । बसमा ६० भन्दा बढी यात्रु सवार रहेकाे बताइएकाे छ । यात्रु सबैजसाे घाइते भएकाे प्रहरीले बताएकाे छ ।

बस सडकबाट अनियन्त्रित भइ पल्टिएकाे हाे । याुत्रहरू भारत उत्तर प्रदेशकाे गाेरखपुर, कैम्पियरगञ्ज क्षेत्रकाे भएका बताइएकाे छ । उनीहरू महेशपुरकाे बाटाे त्रिवेणी मेला भर्न आएका तथा मेला पश्चात घर फर्किने क्रममा बस दुर्घटनामा परेकाे हाे ।

स्थानीयवासीन्दा र प्रहरीले यात्रुहरूकाे उद्धार गरिरहेकाे र गम्भिर घाइते देखिएका मानिसलाइ एम्बुलेन्समा राखेर अस्पताल पुर्याउने काम भैरहेकाे छ । महेशपुर प्रहरीले ५ वटा पिकअप गाडी र एम्बुलेन्समा राखेर तत्काल घाइतेहरूलाइ जिल्ला अस्पताल परासी पठाइएकाे जनाएकाे छ । जिल्ला अस्पताल परासीमा भर्ना गरि उपचार शुरू गरिएकाे छ । गम्भिर घाइते तथा अन्यकाे अवस्था खुल्न सकेकाे छैन ।

प्रहरीका अनुसार चालकले स्टेयरिङ फेल भएर बस अनियन्त्रित भए सडकबाट पल्टिन पुगेकाे बताएका छन् । बसमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएकाे अनुमान गरिएकाे छ ।

प्रहरीले घटनाकाे अनुसन्धान थालेकाे जनाएकाे छ ।

तस्विरः जितेन्द्र गुप्ता
तस्विरः जितेन्द्र गुप्ता
तस्विरः रञ्जित शर्मा