16.9 C
New York
Monday, May 12, 2025

Buy now

spot_img
spot_img

नेकपा (एस) नवलपरासीको आठौं अधिवेशन बर्दघाटमा सम्पन्न अध्यक्षमा आले

spot_img
spot_img

पप्पु रेग्मी ।
नेकपा (एकीकृत समाजवादी) नवलपरासी पश्चिमले आठौँ जिल्ला अधिवेशन बर्दघाटमा सम्पन्न गर्दै कुमार आलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ ।
पार्टीका पूर्व जिल्ला सचिव रहेका आले अब नवगठित ५१ सदस्यीय जिल्ला कमिटीको नेतृत्व गर्नेछन् । अधिवेशनबाट धनन्जय पौडेल उपाध्यक्ष र विष्णु बराल सचिव पदमा चयन भएका छन् ।
अधिवेशनको उदघाटन समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले उदघाटन मन्तव्यमा “देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको” उल्लेख गर्दै, संविधानको पूर्ण कार्यान्वयनको माग गरे । साथै, उनले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे ।
पूर्वमन्त्री तथा पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले कार्यक्रमलाई सम्बोधन गर्दै, राजनीतिमा नयाँ पुस्तालाई पनि ल्याउन आवश्यक रहेको बताइन् । साथै, देशमा व्याप्त भ्रष्टाचारको छानबिन शीर्ष तहबाट सुरु हुनुपर्ने र दोषीलाई पार्टीले संरक्षण गर्न नहुने धारणा राखिन् ।
प्रदेश कमिटी सदस्य राम प्रसाद चौधरी, केन्द्रीय सदस्य लक्ष्मी भुसाल खराल जैसी, केन्द्रीय सदस्य बृहस्पति अधिकारी, अब्दुल हुसेन र महासचिव सोमप्रसाद पाण्डे लगायतका नेताहरूले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव रहेका कुमार आलेले गरेका थिए भने स्वागत मन्तव्य सह–सचिव विष्णु बरालले दिएकाे रामचन्द्र अधिकारीले बताउनुभयो ।

spot_img
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme