28.2 C
New York
Monday, June 8, 2026

Buy now

spot_img
spot_img

प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रद्वारा बृहत् सांगीतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न

- Advertisement -

बर्दघाट, २४ जेठ २०८३ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–५, कञ्चनगढीमा प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपालले बर्दघाट नगरपालिका वडा नं. २ को सहयोगमा बृहत् सांगीतिक तथा साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
आइतबार आयोजित कार्यक्रममा प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपालका अध्यक्ष डा. सिन्धु जलेसा बुढाथोकीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै, नगर प्रमुख श्रेष्ठले आफू स्वर्गीय प्रचण्ड बुढाथोकीको शिष्य रहेको उल्लेख गर्दै उहाँका सिर्जनाले समाजमा चेतना जगाउने महत्वपूर्ण भूमिका खेलेको बताउनुभयाे । श्रेष्ठले बुढाथोकीको चर्चित गीत “छोरीलाई किन गर्छन् हेला, पढ्ने बेला घरधन्दा झमेला” स्मरण गर्दै, उहाँले सामाजिक रूपान्तरण र सांस्कृतिक चेतनाका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम परिश्रमी, भाषा तथा साहित्य विभाग प्रमुख हुमनाथ आचार्य, साहित्यकार कृष्णबन्धु पौडेल, शेषकान्त पौडेल तथा वडा नं. ५ की वडा अध्यक्ष बिमला गुरुङ लगायतले प्रचण्ड बुढाथोकीको कला, साहित्य तथा सामाजिक योगदानको चर्चा गर्दै कार्यक्रमको सफलताको शुभकामना मनतव्य व्यक्त गर्नु् भएको थियो ।
सो अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य माधव कुमार प्रधान तथा समाजसेवी रुपलाल श्रेष्ठलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्य प्रधानले प्रचण्ड बुढाथोकीका सिर्जना, सांस्कृतिक योगदान र नेपाली लोकसाहित्यमा उहाँको प्रभावबारे प्रकाश पारेका थिए । अध्ययन केन्द्रका सह–सचिव उत्तमध्वज के.सी.ले कञ्चनगढीको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्वबारे जानकारी गराउनु भएकाे थियो ।
सांगीतिक तथा साहित्यिक प्रस्तुतीतर्फ स्थानीय कलाकार मदन बहादुर बिष्ट, गायक दीपेश श्रेष्ठ, गायक जंग बहादुर कुमाल लगायतले गीत तथा संगीत प्रस्तुत गर्नु भएकाे थियो ।

त्यसैगरी साहित्यकार तथा गजलकार विनोद चौधरी, बाल कलाकार सामिप्यता पौडेल, कलाकार लक्ष्मी बर्तौला, रेडियो दाउन्नेका स्टेशन म्यानेजर वि.पि. ढकाल लगायतले कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए ।
कार्यक्रममा संगीत, साहित्य, गायन, गजल तथा कविता विधाका गरी २५ जना कलाकार तथा साहित्यकारहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी सम्पूर्ण कलाकार तथा साहित्यकारहरूलाई सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।
गायक मदन बहादुर बिष्टकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सञ्चालन अध्ययन केन्द्रका सचिव प्रेम भुजेलले गर्नुभएकाे थियाे ।
कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय कलाकार तथा स्रष्टाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme