नवलपरासी ।
मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २ “ख” बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार नगेन्द्र अग्रहरीले युवाहरुको बेरोजगारीको समस्या समाधान गर्ने मेरो प्रतिवद्धता रहेको बताएका छन् ।
म एक सफल उद्यमी भएकोले आफ्नो उद्योगी व्यवसायी जीवन सरह यस क्षेत्रको विकासमा पनि अमूल्य योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै देशमै राेजगारी सृजना गरि युवाहरुलाई बिदेशिनुबाट रोक्न म संग योजना रहेको नवलपरासी निर्वाचन क्षेत्र नं ०२ ख का प्रदेश सभा सदस्य पदका उम्मेदवार नगेन्द्र अग्रहरीले बताए।
देशका करिब ३०/४०लाख युवाहरू अहिले बिदेशमा गएर दिनरात परिश्रम गरिरहेका छन। युवाहरुकाे लागि यहि देशमेै राेजगारी सृजना गरि खाडी मुलकमा पसिना बगाउनु भन्दा आफ्नै घरपरिवारसग बसि काम गर्न पाए खुसि हुन्थे, उंहाले भन्नूभयाे ।
खास गरि मैले राजनीति गर्नुकाे मुख्य उदेश्य नै युवालाई देशभर प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउने, युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने, परम्परागत पेसा र व्यवसायको जगेर्ना गर्दै व्यवसायीकरणमा युवालाई सहयोग गर्ने साेंच हाे ।
युवामैत्री उद्यमशीलता सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पुँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्न सके देशका लागि राजश्वमा पनि टेवा पुग्ने छ ।
बैंक तथा वित्तीय संस्थाबाट युवालाई उद्यम तथा व्यवसाय सञ्चालनका लागि विनाधितो सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने, स्थानीय,प्रदेश र केन्द्रीय स्तरमा इनोभेटिभ प्रस्तावहरू प्रतिस्पर्धात्मक रूपमा छनोट गरी लगानी गर्ने वातावरण देश मै बन्नु पर्छ ।
त्यसका लागि सार्वजनिक–निजी साझेदारीको एवं अन्तरनिकाय समन्वय र सहकार्य बढाउँदै लैजाने, तीनै तहका सरकार, गैसस, निजी क्षेत्र सबैको सामूहिक प्रयास र योगदानले मात्र उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न सकिन्छ, अग्रहरीले भने।
नेपालले युवालक्षित केही कार्यक्रम सञ्चालन गरेको छ । युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, गरिबी निवारण कोषलगायतका कार्यक्रमको उद्देश्य युवालाई उद्यमी बनाई रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने देखिन्छ ।
युवालाई सस्तो ब्याजदरमा ऋण दिई विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने लक्ष्य रहेकाे नेता अग्रहरीकाे भनाई रहेकाे छ ।नेता अग्रहरी हरेक समयमा आमनागरिकहरुलाई सेवा र सहयाेग गर्दै आएकाे ले जनतामा लाेकप्रिय नेताकाे रुपमा वहाकाे पहिचान छ ।
लोसपा र राप्रपा पार्टीको गठबंधन तर्फबाट उम्मेदवार रहेका अग्रहरीले आफनो चुनाव चिन्ह साईकल छापमा मतदान गर्न आग्रह गर्दै सोमवार चुनावी अभियानलाई निरन्तरता दिएका छन् ।





