8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

जन प्रतिनिधिहरुलाई कानूनी व्यवस्थाबारे अभिमुखिकरण

- Advertisement -

पप्पु रेग्मी, वर्दघाट

पश्चिम नवलपरासीको बर्दघाटमा स्थानीय निर्वाचनमा निर्वाचित भएका जन प्रतिनीधिहरुलाई सत्तारुढ गठबन्धनले कानुनी ब्यवस्थाको विषयमा अभिमुखीकरण गरेको छ ।

बर्दघाटमा आइतबार नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप–प्रमुख रुद्र प्रकाश उपाध्याय, सहित वडाध्यक्षहरुलाई स्थानीय सरकार सञ्चालन ऐन एवं जन प्रतिनीधिहरुका अधिकार र कर्तव्य बारे अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता थिरलाल पराजुली र मुरारी भण्डारीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जन प्रतिनीधिहरुले कानुनी ब्यवस्थाका बारेमा प्रश्नोतर समेत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति दामोदर जि.सी.को अध्यक्षता नेपाली काङ्ग्रेसका प्रदेश महामन्त्री बिक्रम खनालको प्रमुख आतिथ्यता तथा नगर सचिब हेम क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश सचिवालय सदस्य कुल प्रसाद शर्मा, काङ्ग्रेसका जिल्ला सचिब कुलदिप आचार्य लगायतले बोल्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme