9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा अटेरी गर्दै हाट बजार संचालमा

- Advertisement -

 

रंजीत शर्मा

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले तिन दिन हाटबजार सहित भिडभाड हुने सबै क्रियाकलाप बन्द गर्न आदेश जारी गरेको थियो । तर प्रशासन कै लापरवाहीका कारण जिल्लाको विभिन्न ठाउँहरूमा लाग्ने तरकारी तथा अन्य सामानको बजारले कोरोनोको व्यापार गरेको देखिएको छ।

प्रशासनको मौनका कारण नै जिल्ला प्रशासन कार्यालय नवलपरासीले निकालेको सूचना कार्यान्व्यन हुन नसकेको देखिएको छ।

प्रशासनले जारी गरेको आदेश पालन गर्न स्थानिय तहले समेत सूचना निकालेको छ तर प्रशासनले देखाएको मौन शक्तिका कारण जिल्लाको विभिन्न ठाउँहरूमा साप्ताहिक हाट बजार लागेको थियो।

सोमबार आदेश जारी भए पनि प्रशासनको लापरवाहीले कोरोनाको व्यापार गर्न बुधवार सदरमुकाम परासीमै साप्ताहिक हाट लाग्यो भने बर्दघाटमा पनि त्यहि दिन हाटबजार संञ्चालनमा आयो र आज बिहिवार सुनवलको भुमहिमा हाटबजारको भिड लागेको थियो ।
पश्चिम नवलपरासीमा आज मात्र ७९ कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी सुनवलमा २९ जना संक्रमित थपिएका छन् भने हाटबजार लागेको सुनवल १२ भुमहिमा १० जना भन्दा बढि छन् । त्यसै गरी बुधवार लागेको हाटबजार बर्दघाट नगरपालिकामा पनि २० जना कोरोना संक्रमित भेटिएका छन्।

हाट बजार दुरी कायम गरी स्थानियको उत्पादन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी संञ्चालन गर्न सक्ने भए पनि प्रशासनको कमजोरीका कारण भीडभाड सहित विभि्न ठाउँमा बजार सञ्चालन गर्दै आएको छ।

प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विभिन्न ठाउँहरूमा अनुगमन गरे पनि सायद उनको आँखा झन्डै ७५ प्रतिशत मानिसले मास्क समेत नलगाई आएका हाटबजारमा न पुग्नाले हाटबजार रोकिएको देखिएको छैन।

जिल्लाका मुख्य बजार क्षेत्र परासी,सुनवल भुमिह,बर्दघाट , भटवलिया,गोपिगंज,बेलाटारी,सुस्तामा हाटबजार पनि रोकिएको छैन् भने विभिन्न यज्ञ,मेला पनि आयोजना भईरहेका छन् । सरकारी कार्यालयमा जादा वा एक दुई जना कर्मचारीमा संक्रमण देखिने वित्तिकै कार्यालयनै बन्द गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने तर बाहिर भईरहेको प्रशासन कार्यालय लापरवाहीले ठुलो समस्या निम्ताउन सकिने छन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आफैले हस्ताक्षर गरेको कोभिड विरुद्धको मापदण्ड कार्यान्व्यनमा कमजोरी देखिएको छ। यदि यसरि नै प्रशासन मौन रहयो भने तरकारी बजार सँगै कोरोनाको व्यापार हुनमा कुनै दुई मत न हुने देखिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme