नवलपरासीमा मतदान अधिकृत पक्राउ

262

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले एक जना मतदान अधिकृतलाइ प्रहरी नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं. ४ जितपुर स्थायी वतन भई पाल्हिनन्दन गाउँपालिका पशू शाखामा कार्यरत ५६ वर्षे पृथ्वीराज चौधरी रहेका छन् ।

उनी मादक पदार्थ सेवन गरि मुख्य निर्वाचन अधिकृतसंग अस्वभाविक व्यवहार देखाई विवाद गरेकोले निजलाई निर्वाचन कार्यालयबाट नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब नीरिक्षक भाेजराज पाण्डेयले बताए ।

निर्वाचन प्रयाेजनमा मतदानका लागि सामान बुझ्ने क्रममा यस जिल्ला अन्तर्गत सुनवल नगरपालिका वडा नं. ११ वाक्वाणी माध्यामिक बिद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रुपमा खटिएका चाैधरी मंसिर १ गते विवाद गरेपछि शंका लागी चेकजांच गर्दा मादक पदार्थ सेवन गरेकाे पाइएकाेले प्रहरीले नियन्त्रणमा लिएकाे बताएकाे छ ।

आगामी मिति २०७९ मंसिर ४ गते हुन गईरहेको  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यालयले खटन पटन शुरू गरिरहदा याे विवाद सामुन्ने अाएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.उ. को कमाण्डमा खटिएको प्रहरी टोलीले चाैधरीलाइ नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराउदा निजले मादक पदार्थ सेवन गरेको पाईएकोले नियन्त्रणमा राखिएको बताएकाे छ । साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निजको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्ति भएको ।