पप्पु रेग्मी/ बर्दघाट, १५ माघ
पश्चिम नवलपरासीको बर्दघाट १६ अवस्थित दाउन्ने देवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार एक मृत पाटे बाघ फेला परेको छ । विहानको समयमा गाउलेहरु जंगलमा घाँसपात लिन गएकाे बेला गोली लागेकाे मृत अवस्थामा पोथि पाटे बाघ देखे पछी प्रहरी र बन कार्यलयमा खबर गरेका थिए । करिब साढे ७ फिट लम्बाई र ३ फिट उचाई १ सय ५० किलोको बयस्क पोथि पाटे बाघ मृत अवस्थामा फेला परेको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाट नवलपरासीले जनाएको छ ।
उक्त बाघलाई सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीहरुले बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटमा पठाईएको हो ।
मृत बाघको प्रकृती हेर्दा बन्य जन्तु चोरी पैठारी गर्ने तस्करहरुले पासोमा पारि गोली हानी हत्या गरेको हुन सक्ने वन कार्यालय बर्दघाटका प्रमुख गिरिराज पन्तले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत जानकारी दिए । मृत बाघलाई आवश्यक कानूनी प्रकृया पुरा गरि सुरक्षाकर्मी,जनप्रतिनीधि को रोहबरमा ईलाका वन कार्यालय कै परिसरमा गाडिने प्रमुख पन्तले बताए ।















