मतदान गरि जिताइयाे त्यसपाली, फेरि पनि मुन्ना बाबु यसपाली’ नवलपरासी २ मा ‘भाईरल’

34

नवलपरासी ।

प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ देवेन्द्रराज कंडेल उम्मेदवार बनेर आएपछि नवलपरासी क्षेत्र नम्बर २ का मतदाताहरुमा नयाँ नारा ‘भाईरल’ बनेको छ । देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो ।

‘मतदान गरि जिताइयाे त्यसपाली , फेरि पनि मुन्ना बाबु यसपाली’ – यो नारा कण्डेलको निर्वाचन क्षेत्रमा सर्बत्र गुञ्जिएको छ । लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ ।

यसपटक फेरि जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउंछन् । ‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन्’ स्थानीय मतदाताले राष्ट्रिय दैनिकलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरु को उठिरहेको छ चिन्दापनि चिन्दैनौं ।’ दिवंगत दाजु भाउजुका नाममा कंडेलले नवलपरासीमा खोलेको आँखा अस्पताल प्रख्यात छ ।

२ पटक सम्म गृहराज्यमन्त्री र एक पटक सांसद बनेर गरेको कामले सर्वत्र चिनिएका उनी कांग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् । कांगेस केन्द्रीय सदस्य कंडेलको राजनीतिक बिरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोईरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् ।

कंडेलका बाबु पृथ्वी राज कंडेल समेत पूर्व सांसद हुन् । हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ मा उनको उम्मेदवारी रहेको छ। उक्त क्षेत्र बाट २ ख बाट युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छ्न ।

‘जनताको मनसंग भिजेका नेताको रुपमा चिनिएका कंडेललाई कांग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रुपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपाली ।’