सुनसरीकाे घटनामा १६ जना घाइते, घाइते हुनेमा महिला तथा बालबालिका पनि

43

सुनसरी, १६ असाेज ।

भोक्रहा युवा क्लबकाे आक्रमणमा परी १६ जना स्थानीय युवा, महिला तथा बालकालिकाहरू घाइते भएका छन् ।

जितियाको मुर्ती विसर्जन गरेर फर्कने क्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ स्थित पशुपति अधारभुत विद्यालय नजिकै भोक्रहा युवा क्लबका सदस्यहरूले गरेकाे प्रहारबाट गाउँकै १६ जना घाइते भएका हुन् ।

असाेज १५ गते मुर्ति विसर्जन गरेर फर्किदा राती ८ बजेकाे समयमा गाडी राेकेर गरिएकाे सांघातिक हमलामा घाइते हुन पुगेका १६ जनामध्ये ७ जनाकाे अवस्था गम्भिर रहेकाे स्थानीय रामनारायन मेहताले बताए ।

गम्भीर घाइते भएका ७ जनाको विराटनगरको गोल्डेनमा उपचार भइरहेको तथा अन्य ९ जनाको उपचार सुनसरी जिल्ला अस्पताल इनरुवामा भइरहेको बताइएकाे छ ।

कुटपिटबाट अशोक मेहता, कृष्णा मेहता, दिपक मेहता, सुरज मेहता, रूपेस मेहता, प्रियंका कुमारी मेहता घाइते भएका छन्। त्यस्तै, सुर्य नारायण मेहता, अजय यादव र १० बर्षिय बालिका अन्जु मेहता समेत घाइते भएका छन्।

गाउँमा जितियाको मेला दुई ठाउँमा भएपछि पक्ष र विपक्षको रिसिवीको कारण एक पक्षले अर्काे पक्षमाथि हमला गरेकाे अनुमान गरिएकाे छ । साथै हालै सम्पन्न नेपाली कांग्रेसकाे गाउं अधिवेशनमा हार व्याेहाेरेका केही व्यक्तिहरू नै यस घटनाकाे तानाबाना बुनेकाे रहस्य बाहिर आएकाे छ ।