सप्तरी, १७ असाेज ।
अपहरणमा परेका भारतीय नागरिकलाई नेपालबाट उद्धार गरिएकाे छ ।
जिल्लाकाे बलान बिहुल गाँउपालिका वडा नम्बर —५ रामनगरबाट सशस्त्र प्रहरी निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा ७-८ जना पैदल गस्ती टोलीले असाेज १६ गते सकुसल उद्धार गरेकाे प्रहरीले जनाएकाे छ ।
रामनगरकाे नेपाल भारत सिमा स्थित झाँडीमा खुट्टामा साङ्लोले बाधि लडाई रहेको अवस्थामा राती १० बजे सकुशल उद्दार गरिएको हाे । भारत बिहारकाे मधुबनी लौकहा ग्राम पन्चायत वडा नं.—९ बस्ने सत्यनारायण साहको छोरा वर्ष २२ को शंकर कुमार साहलाई अज्ञात ब्यक्तिहरुले अपहरण गरी राखेका थिए ।
नेपालको दशगज्जा तर्फ लगेको भारतीय नागरिकले सूचना दिएकाे अधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीका सशस्त्र प्रहरी निरीक्षक खड्काकाे कमाण्डमा खटिएकाे टोलीले उद्धार गरिएको लाल बहादुर खडकाले बताएका छन्।
सो स्थानमा खोजतलाश गर्दा एनसेल कम्पनीको नेपाली सिम कार्ड भएको सधारण मोबाईल सेट एक थान फेला परेको स.प्र.नि. खडकाले बताए । अपहरणमा परेका ब्यक्तीलाई प्रहरी चाैकी-काचनको जिम्मा लगाएकाे सशस्त्र प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।





