नवलपरासी (पश्चिम) प्रहरीले आज मिति २०७८।०९।०४ गते बिभिन्न मुद्धामा फरार रहेका २४ जना अभियुक्त पक्राउ गरेको छ ।
नवलपरासी जिल्ला अदालतबाट बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान नगरेका लागु औषध मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका २ जना, कुटपिट मुद्धाका १७ जना, चोरी मुद्धाका २ जना, जाल साझी मुद्धाका १ जना र केहि सार्वजनिक अपराध मुद्धाका १ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लामो समय २१ बर्षदेखि फरार रहेका साथै अधिकतम ६ महिनासम्म कैद तथा २० हजारसम्म जरिवाना तोकिएका अभियुक्त पनि छन् । सम्मानित अदालतको लगत अनुसार पक्राउ परेका २४ जना अभियुक्तहरुको जम्मा सजाय १ बर्ष ५ महिना ३० दिन कैद र ५१ हजार ९ सय ५५ रुपैयाँ जरिवाना रहेको छ । प
क्राउ गरिएका सबै २४ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै सम्मानित नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र सम्मानित अदालतबाट लगत अनुसारको कारबाही भएको छ ।





