पप्पु रेग्मी बर्दघाट
नेपाली काँङ्ग्रेस बर्दघाट नगर समितिले बर्दघाट–४ बाढीपीडितमा रहेको बहुउद्धेश्शीय भवनलाई यथाशिघ्र संचालनमा ल्याउन माग गरेको छ । आइतवार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिले माग गरेकाे हाे ।
सम्मेलनमा नगर सभापति दामोदर जिसीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा – ‘ बर्दघाट ४ का अध्यक्ष रबिन्द्र बिक्रम हमालले जारी गरेको बिज्ञप्ति प्रती नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको भनिएको छ । साबिक माकर गा.बि.स भएको स्थानमा नयाँ भवन बनाएर पनि प्रयोग बिहिन भएको सन्दर्भमा स्थानीय जनसरोकारको बिषयमा स्थानीयबासी र बडा अध्यक्ष बीच भएको बिबादास्पद बिषयलाई लिएर वडाध्यक्ष जस्तो व्यक्तिले जनगुनासो सम्बोधन गर्नुको सट्टा जन उपेक्षा गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अग्रणी पार्टीमाथि नै आँच आउने खालको आपत्तिजनक शब्दहरु सामाजिक संजालमा समेत प्रसारित भएकोमा नेपाली कांग्रेस खेद प्रकट गर्दछ’ भनिएकाे छ ।
नगर सभापति दामोदर जिसीको अध्यक्षतामा कार्यक्रममा नेपाली काँगेस केन्द्रीय प्रतिनिधि मदनकृष्ण श्रेष्ठ, निर्वतमान नगर सभापति शम्भुलाल श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र बिक्रम हमालले केही दिन अघि जारी गरेको बिषयलाई लिएर आपत्ति जनाइएको छ ।





