10.9 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

नगेन्द्र अग्रहरीको पक्षमा जनलहर बढदै

- Advertisement -

नवलपरासी /१६ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि उम्मेदवारहरुले आफ्नो घरदैलो अभियान तिब्र गतिमा बढाएका छन्।

नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं ०२ को ख मा पनि लोसपा र राप्रपाको गठबन्धन तर्फ प्रदेशसभा सदस्य पदका उम्मेदवार नगेन्द्र अग्रहरीको पक्षमा जनलहर बढदै आएको छ ।

बिगत लामो समयदेखि देखि नेपाली राजनीति गर्दै आएको सफल उद्यमी तथा मधेश आन्दोलनको अगुवा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता नगेन्द्र अग्रहरि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

लोसपाबाट उम्मेदवारी दर्ता गराएका नेता नगेन्द्र अग्रहरी लोक प्रिय उम्मेदवार बन्दै गएका छन्। मतदाता माझ लोकप्रिय रहेका अग्रहरीलाई पाल्हीनन्दन गाउँपालिकामा घरदैलो कार्यक्रमका बेला स्थानीयले भव्य रुपमा स्वागत गरेका छन्।नेता अग्रहरीले जनताको समस्या मेरो समस्या भएकोले यस क्षेत्रको समस्या हल गर्ने तथा विद्यार्थी,युवा तथा अग्रजहरुको सुख दुःख र समस्यामा सहयोग गरेको कारण जनताले आफ्नो अमूल्य मत दिएर जिताउने विश्वास व्यक्त गरेका छन्।

एक स्थानीयका अनुसार विगतका नेता आश्वासन मात्र दिने भएकोले त्यस्ता नेतामा विश्वास न गरी हाल यूवा उम्मेदवार नगेन्द्र अग्रहरीलाई विजयी बनाउने बताएका छन्।

“यूवा देशका मेरुदण्ड भएकोले युवाको बेरोजगारी समस्या समाधान गर्न आफू पहल गर्ने बताएका छन्। एक युवकको अनुसार “यूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन ।राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्षेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको छ । त्यसैले समाजमा परिवर्तनका लागि यसपाली मतदाताले पनि जिम्मेवारीका साथ आफ्नो अमुल्य मत सही ठाउँमा प्रयोग गर्ने वताएका छन्। ” पुरानो अनुहारको अन्तिम विकल्प नगेन्द्र अग्रहरी रहेको बताएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme