मुस्लिम समुदाय महत्वपुर्ण भुमिकामाः नेता चौधरी

64

नवलपरासी।

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनितिमा मुस्लिम समुदाय निर्णायक र महत्वपुर्ण भुमिकामा रहेको बताउनुभएको छ ।

नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताउनुभएको हो । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न. १ मा सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले मुस्लीम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्पुर्ण भुमिका निर्वाह गर्न सक्ने समुदाय रहेको जिकिर गर्नुभयो ।

मुस्लीम समुदाय समेत नेपालको परिप्रेक्ष्य मुल कर्णधार भएको जिकिर गर्दै नेता चौधरीले मुस्लीम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पुर्ण साथ रहेको विश्वास व्यक्त गर्नुभयो । निर्वाचन केन्द्रित विषय बस्तुहरुलाई प्रकाश पार्दै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुबानको समस्या, उखु किसानको समस्या र उत्पादित केराको बजारिकरणवारे देखिएको समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने दावी गर्नुभयो ।

जनताको आय स्तर बृद्धि हुनुपर्नेमा जोड दिदै नेता चौधरीले समग्र रुपमा मुस्लीम समुदायको शैक्षिक स्तर बृद्धि, बिश्व बिद्यालय स्थापना, लगायतका बिषयमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।