कांग्रेस गठवन्धनको पक्षमा रहेको नवलपरासी क्षेत्रिय कार्य समिति स्पष्ट

164

काठमाण्डौ । नेपाली कांग्रेस, क्षेत्रीय कार्य समिती प्रतिनिधी सभा क्षेत्र नं.– १, नवलपरासी (ब.सु.प.)ले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेको छ । क्षेत्रिय कार्य समितिले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरी पनि गठबन्घनको पक्षमा रहेको र उहाँले गठबन्धनको पक्षमा सार्वजनिक रुपमा प्रतिवद्धता जनाउदै आउनु भएको पनि जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती सभापति मुकुल कुमार आचार्यद्धारा जारी विज्ञप्तीमा यस क्षेत्रबाट विनोद चौधरी गठवन्धनको सयुक्त उम्मेदवार रहनु भएको र उहाँ गठवन्धनको कार्यान्वयनमा पुर्ण प्रतिबद्ध रहेको उल्लेख छ ।
नेपाली काग्रेसका नेता विनोद चौधरीले आफु गठवन्धनको पक्षमा रहेको कुरा सार्वजनिक रुपमा नै बताउदै आउनु भएको र देशका लागि गठवन्धन अपरिहार्य रहेको भन्दै गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न पनि आग्रह गर्नु भएको क्षेत्रिय सभापति आचार्यले स्पष्ट पार्नुभएको छ ।
बिज्ञप्तीमा प्रदेश सभा र प्रतिनिधी सभाको उम्मेदवारका बिषयमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नवलपरासी (ब.सु.प.) ले जारी गरेको बिज्ञप्तीले भ्रम सिर्जना गर्न खाजेको पनि कांग्रेसले जनाएको छ । – प्रेस विज्ञप्ती यसै सांथ संलग्न छ )