11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

मेरो जीत जनताको जीत ; देवेन्द्रराज कँडेल

- Advertisement -

नवलपरासी/२६ कार्तिक ।
आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले मेरो जीत जनताको जीत भएको बताएका छन्।

पुर्वगृह राज्यमन्त्री समेत रहेका नेता देवेन्द्रराज कण्डेल यति बेला घर दैलो अभियानमा व्यस्त रहेका छन्। राजनितिक क्षेत्रमा कृयाशिल र नवलपरासीमा राजनितिक संरक्षकको रुपमा रहेका नेता कण्डेल यतिबेला चुनावी घरदैलामा चर्चा बटुलिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता कण्डेल जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । चर्चित र राजनितिमा अभिभावकको रुपमा रहेका नेता कण्डेल आफनो एजेण्डा सहित मतदाताहरुको घरदैलामा पुगिरहदा उनको विषयमा मतदाताहरु चर्चापरिर्चा गरिरहेका छन् ।

२०४६ सालदेखि राजनितिमा सकृय रही जनताहरुको सेवा गर्दै र यस क्षेत्रको विकास र यहाँको समस्याको सामाधानका लागि पहल गर्दै आएको नेता कण्डेल जिल्लामा चर्चाका विषय बनेका छन् ।

एक घरदैलो कार्यक्रममा सम्बोधन गर्दै नेता कंडेलले मेरो जीत जनताको जीत हुने बताएका छन्। विगत लामो समयदेखि देखि यस क्षेत्रको शिक्षा, स्वास्थ्य,यातायात, रोजगार,कृषी तथा अन्य विभिन्न क्षेत्रमा परिवर्तन ल्याउँदै गरेको कार्यमा जनता सन्तुष्ट भएको भन्दै आगामी मंसिर ०४ को चुनावमा जनताले फेरि म लाई निर्वाचित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

नेता कण्डेलकै क्षेत्रबाट नेकपा एमालेबाट दिपेन्द्र अधिकारी, राप्रपाबाट धु्रव बहादुर प्रधान, जनमतबाट बाल गोविन्द चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टिका मदन पौडेल, स्वतन्त्रबाट बिजय अग्रहरी,धर्मेन्द्र गिरी लगातको उम्मेदवारी रहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme