नवलपरासी प्रहरीले दिएकाे जानकारी अनुसार (जस्ताकाे तस्तै)
मिति २०७९।०९।२५ गते जिल्लानवलपरासी सुनवल न.पा.१२ भुमही चोक स्थितमा रहेको होटल एटलसमा कोठा बुक गरि बसेकाजिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं.१५ शान्तिटोल बस्ने बर्ष अं.२७ कोसनम पुन मगर र ऐ.ऐ.बस्ने बर्ष अं.२१ को विराट के.सी.उक्त होटलको कोठा नम्बर ३०३ मा रातिबास बसेकोमा सनम पुन मगर बिहान कोठाबाट बाहिर निस्कने क्रममा शंका लागीसोही होटलमा काम गर्नेकामदारले देखि प्रहरीलाई जानकारी गराएकोले तत्कालई.प्र.का.सुनवलबाट प्र.नि.बिष्णु प्रसादपौडेलको कमाण्डमा र जि.प्र.का.बाट SOCO को सहित ७ जनाको टोली खटि गई निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्नेक्रममा निजको रातो फेन्सी झोलामा निम्न ला.औ. फेला पारी दुवै जना मानिसहरु सहितनियन्त्रणमा लिई सम्मानित जिल्ला अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान भैरहेको

अवैध रुपमा ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ३ जिउ भैसी र २ पाडा वरामद
खुल्ला सीमानाको फाइदा उठाई अबैध रुपमा पशु चौपायाहरुको चोरी निकाशी भैरहेको भन्ने बिशेष सूचनाको आधारमा आज मिति २०७९।०९।२६ गते बिहान ०५:३० बजेको समयमा प्रहरी चौकी सनईबाट खटिएको प्र.स.नि. सहितको कमाण्डमा खटिएको प्रहरी टोली र शशस्त्र प्रहरी बल (बिओपी) हरपुर बाट खटिएको संयुक्त टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ३ जिउ भैंसी र २ जिउ साना पाडा जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा नं. ६ पडरी स्थितबाट वरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको। वरामद भैंसीको अन्दाजी मुल्य प्रति जिउको १ लाख ३० हजारको दरले ३ जीउको जम्मा रु ३ लाख ९० हजार र २ साना पाडाको प्रतिजिउ ५ हजारका दरले जम्मा रु १० हजार समेत गरी कुल अन्दाजी जम्मा मुल्य रु ४ लाख बराबरको रहेको छ ।





