बर्दघाट सडक निर्माणमा ढिलाईकाे विराेधमा एकल अभियान

81

नवलपरासी। सडकबाट उत्पन्न समस्या समाधानका लागी आइतबार बाटो सुधार संघर्ष अभियान बर्दघाटले सांकेतिक रुपमा पोष्टर प्रदर्शन गरि बर्दघाट देखी बुटवल सम्म यात्रा गर्ने भएकाे छ ।

जिर्ण बनेको नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य सुस्त गतिमा हुदा यात्रुलाई सास्ती हुँदै आएको छ । तर अझै पनि ठेकेदारलाई निर्माण कार्यमा चासो छैन । सडक विस्तारको जिम्मा पाएको चाईना स्टेट कन्स्ट्रक्सनले काममा ढिलाई गर्दा सडक जिर्ण भएको र आफुहरुले दैनिकी दुख पाइरहेको यात्रुहरुले गुनासो गरेका छन । धुलो धेरै उड्न थालेपछि अहिले सडकमा ट्याङकर मार्फत पानी हाल्ने गरिएपनि पर्याप्त नभएको र सडक विस्तारमा ढिलाई हुदा उक्त बाटो हिड्ने यात्रु, एम्बुलेन्समा सवार विरामी, गर्भवती महिला तथा उक्त सडकखण्ड भएर हिड्ने स्कुल बसमा सवार विद्यार्थीहरु पनि आजित बनेको तथा सवारी साधनका पार्टपुजाहरु पनि विग्रिने अवस्थामा पुगेको बाटो सुधार संघर्ष अभियान बर्दघाटका अगुवा अनिल चन्द्र अधिकारीले जानकारी दिनुभएको छ । उहाँले दैनिकीको यही समस्यालाई मध्यनजर गर्दै बाटो सुधार संघर्ष अभियानको टोली सहित आफुहरुले हिजो मात्रै पुर्व पश्चिम रामजमार्ग संग जोडिएको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका, सरावल गाउपालिका, रामग्राम र रुपन्देहीको देवदह नगरपालिकामा ज्ञापनपत्र बुझाएको बताउनुभएको छ । साथै सोही दिन आफुहरुले पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, बुटवल नारायणगढ सडकखण्ड परियोजना बर्दघाट कार्यालय, सडक डिभिजन बुटवलको कार्यालयमा पनि ज्ञापनपत्र बुझाई समस्याबारे अवगत गराएकोे जानकारी दिनुभएको छ । बाटो निर्माण कार्य आफैमा पनि महत्वपुर्ण पक्ष भएको तर यसको कार्यविधि तथा नियमन गर्ने निकाय फितलो बनेको निश्र्कष निकालि अबका दिनमा आम नागरिकहरुले यस्ता जोखिम उठाउन नपर्ने वातावरणको सृजना गर्न गराउन अभियान टोलीले सम्बन्धित बसै निकायहरुमा ज्ञापनपत्र मार्फत जोडदार माग गरेको छ । अभियानले धुलो धुवाले आजित बनेका करिब १ सय २० घरधुरीको हस्ताक्षर समेत संकलन गरि ज्ञापनपत्र बुझाएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो चाईना स्टेटले सडक विस्तारको काममा पनि तिव्रता दिन नसकेको र मर्मतमा पनि ध्यान नदिएकै कारण आफुहरुले अभियान नै बनाई तिन चरणको कार्यक्रम तय गरेका छौ, जसअन्र्तगत हिजो ज्ञापनपत्र बुझाइएको, समाचार सम्प्रेषणका लागी आज मिडीया संग हातेमलो गर्ने कार्यक्रम गरिएको र भोली आइतबार सांकेतिक रुपमा पोष्टर प्रदर्शन गरि बर्दघाट देखी बुटवल सम्म यात्रा गर्ने कार्यक्रम रहेको समेत जानकारी दिनुभएको छ ।