नवलपरासी । बर्दघाट नगरपालिकाले बर्दघाट बजार क्षेत्र भित्रका पोलहरुमा रहेका तारका गुजुल्टाहरु काट्न शुरु गरेको छ ।
बजारको सुन्दरताको लागि र दुर्घटना न्युनिकरणको लागि तार काट्ने अभियान सञ्चालन गरेको नगरपालिकाले यस अघि नै बर्दघाट क्षेत्रका केबल, इन्टरनेट तथा दुर सञ्चार सेवा प्रदायकहरुलाई व्यवसाय दर्ता गर्न र तार व्यवस्थापन गर्न आग्रह गरेको जनाएको छ ।
त्यसका लागि फेरी पनि केबल, इन्टरनेट तथा दुर सञ्चार सेवा प्रदायकहरुसँग छलफल गरिने नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकाेटाले आज सांकेतिक रुपमा दाउन्नदेवी मार्गमा तार काटिएको भएतापनि यसलाई निरन्तरता दिइने बताउनुभएको छ । सापकोटाको अनुसार तार व्यवस्थापन तथा व्यवसाय दर्ताको लागि नगरपालिकाले ४/५ दिनको समय दिने र सो अवधिमा व्यवस्थापन र दर्ता नगरिए काट्ने अभियान अगाडी बढाइने बताउनुभएको छ।





