चिनिया सेनाको ज्यादती बर्दीमै आउछन नेपालको लिमी सम्म

23

नेपाल विशाल दुई देश भारत र चीनको बिचमा रहेको छ । बेला बेलामा दुवै देश ले सिमा मिचेको भन्दै विवाद पनि हुने गरेको छ। तर पछिल्लो समय हुम्लाको विभिन्न गाउमा बर्दी मै चिनिया सेना आउने गरेको खुलासा भएको छ। हुम्लाको लिमी र हिल्सासम्म चिनिया सेना गाडी लिएर बर्दी मै आउने गरेको त्यहाका स्थानियले बताउछन ।

स्थानियका अनुसार लिमी भनेको सीमाबाट १०,१२ किलोमिटर यता पर्छ । चिनिया सेना गाडी लिएर यता आउँने स्थानिय बताउछन। हिल्सासम्म पनि बर्दी नै लगाएर आउने नाम्खा गाउँपालिकाका स्थानीय प्रकाश लामा भन्छन्, मेरो आफ्नै आँखाले देखेको हो ।

हुम्लाको विभिन्न स्थानमा चिनले सिमा मिचेको सिमा स्तम्भ गायब गरिएको समाचारहरु बाहिरिएपछी छानबिन समिति समेत गठन गरिएको थियो । छानबिन समितिले सरकारलाई प्रतिबेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।