11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

कपिलवस्तुमा सडक किनारमा बम विस्फोट

- Advertisement -

प्रहलाद यादव ।

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१० जितपुर सडक खण्डको पचेहरामा हिजो बम विस्फोट भएको छ। घटनामा ठूलो मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

माओवादी द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्षबीच यस्ता लक्षित विस्फोटहरू हुने गरेका थिए। शान्ति सम्झौतापछि देशभरका धेरै स्थानमा नेपाली सेना र तत्कालीन माओवादी टोलिले आपसी सहकार्यमा बम र बारुद निष्क्रिय गरेका थिए।

यसै क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाको पकडिहावा–तेलिनडिह गिदाहिया सडक खण्डमा नेपाली सेना बुटवलस्थित २२ नम्बर बाहिनीले अघिल्लो वर्ष करिब ६० किलोको एम्बुस निष्क्रिय गरेको थियो।

यद्यपि अझै पनि देशका विभिन्न स्थानमा द्वन्द्वकालीन अवस्थामा गाडिएका वा छाडिएका विस्फोटक पदार्थहरूको खोज–तलास पूर्ण रूपमा सम्पन्न नभएको सुरक्षास्रोतले जनाएका छन्। यसै कारण कतिपय ठाउँमा अझै बम फेला पर्न सक्ने शंका गरिएको छ।

सुरक्षाकर्मीहरूका अनुसार यस्ता घटनाको यथार्थ तथ्य खोजी गरी सम्पूर्ण विस्फोटक पदार्थ सुरक्षित रूपमा निष्क्रिय गर्ने जिम्मेवारी नेपाल सरकार र सम्बन्धित निकायले तत्काल लिनुपर्ने आवश्यकता देखिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme