13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

प्रा. डा. गोविन्द केसीले फेरि सत्याग्रह घोषणा, भदौ १५ देखि सुरु गर्ने

- Advertisement -

काठमाडौं । चिकित्सा क्षेत्रका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारले हालै निजी मेडिकल कलेजका लागि विद्यार्थी भर्ना सिट बढाउने निर्णय गरेको विरोधमा यही भदौ १५ गतेदेखि सत्याग्रह गर्ने जानकारी दिएका हुन्।

गत साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले १ हजार ३५९ सिट थप्ने निर्णय गरेको थियो। उक्त निर्णयले मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पर्ने भन्दै केसीले विरोध जनाएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, “प्रधानमन्त्री र आयोगका पदाधिकारीले गरेका स्वार्थपरक निर्णयले गरिब, बुद्धिजीवी, पत्रकार मात्र होइन सम्पूर्ण नेपालीको स्वास्थ्य प्रभावित हुन्छ। स्वास्थ्य नै मानव जातिको सबैभन्दा महत्वपूर्ण पक्ष हो।”

गुणस्तरीय, निशुल्क र सस्तो शिक्षा तथा स्वास्थ्य सेवामा सबै नेपालीको समान पहुँच सुनिश्चित गर्न आफू लगातार लडिरहेको उल्लेख गर्दै उनले थपे, “सरकारलाई निर्णय फिर्ता लिन बारम्बार आग्रह गरे पनि बेवास्ता भएपछि भौतिक अशक्तताका बाबजुद भदौ १५ देखि सत्याग्रह सुरु गर्न लागिएको हो।”

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme