श्रङ्खलाबद्ध चोरी कार्यमा संलग्न व्यक्ति पक्राउ

20

काठमाडौं, ६ कात्तिक ।

काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३१ वर्षीय कमल थापा मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कमललाई नगद र ढोका फोड्न प्रयोग गर्ने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।